Headlines News :
fb
Home » » युगको माग सामाजिक सञ्‍जाल

युगको माग सामाजिक सञ्‍जाल

एक्‍काइसौं शताब्दी सूचना र प्रविधिको युग हो। सूचनाप्रविधिको विकाससँगै इन्टरनेट, ईमेल र वर्ल्डवाइड वेबको व्यापकता बढेको छ। २१ प्रतिशत नेपाली इन्टरनेट चलाइरहेका छन्। यो तथ्यांक अन्य देशको तुलनामा कमै भए पनि नेपालका लागि द्रूत रूपमा बढ्दै गएको प्रतिशत हो।

इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ। कतिपयमा त सामाजिक सञ्‍जाल नै इन्टरनेट हो भन्‍ने छाप पनि बसिसकेको छ। आजको युवा पुस्ताका सदस्य त घन्टाघन्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्टेटस तथा कमेन्ट चेक गरिरहेका हुन्छन् त कतिले आफ्नो फोनमै यस्ता साइटलाई लाइभ बनाई हरपल आफूलाई सम्पर्कमा राखेका हुन्छन्।

सोसियल नेटवर्किङ साइटमा हाल फेसबुक, ट्विटर, लिंक्डइन, माइस्पेस अग्रपंक्तिमा छन्। अहिले फेसबुकमा एक अर्ब, ट्विटरमा ५० करोड, लिंक्डइनमा १६ करोड तथा माइस्पेसमा १० करोड हाराहारीमा सदस्य छन्। सामाजिक सञ्जालमा फेसबुक र ट्विटर अग्रस्थानमा छन्।

हुन त नेपालजस्तो सीमित इन्टरनेट सुविधा भएको देशमा समेत १७ लाखभन्दा बढी प्रयोगकर्ता भएको फेसबुकको बजार छ। कुनै बेला फेसबुकको लोकप्रियतासँग डाह गर्ने गुगलले अहिले आएर त्यसको लोकप्रियता स्वीकार गरेको छ। गुगल भन्छ, 'इन्टरनेट सञ्‍जालको ३५ प्रतिशतभन्दा बढी ब्यान्डविथ फेसबुकले मात्र खर्च गर्छ।'

गुगलले सञ्‍चालन गरेको विज्ञापन व्यवस्थापन र प्रवर्द्धनसम्बन्धी काम हेर्ने वेबसाइट गुगल एडप्लानरले तयार गरेको तथ्यांकअनुसार फेसबुकलाई मासिक ५४ करोड युनिक भिजिटरले जम्मा पाँच खर्ब ७० करोड पटक क्लिक गर्छन्। गुगलका अनुसार यो भिजिट इन्टरनेट प्रयोगकर्ताको मासिक भिजिट गर्ने साइटको ३५ प्रतिशत हो।

सोसियल मिडियामा थुप्रैको एकैपटक सहभागिता हुन्छ, स्रोत र आवाज धेरै हुन्छन्। यसमा दुईवटा बाटा हुन्छन्, एउटा भन्‍नेको र दोस्रो त्यसलाई प्रतिक्रिया दिनेको। एक किसिमले भन्दा सोसियल मिडिया भनेको कुनै वेबसाइट हो जसले आफ्नो साइटमा थुपै्र सदस्यबीच अन्तरसंवाद गराउँछ।
सामाजिक मिडियालाई दुवै किसिमले व्याख्या गर्न सकिन्छ, त्यसैले यो परस्पर विरोधी छ। यसको प्रयोग कुन रूपमा गर्ने हो त्यसैमा भर पर्छ। मिडिया भन्‍नेबित्तिकै स्वतन्त्रताको अभिव्यक्ति भन्‍ने बुझिन्छ। त्यसैले सामाजिक मिडियामा अझ फराकिलो र धेरै मानिससमक्ष पुग्ने माध्यम बनेको छ। तपाईं जे पनि पोस्ट अथवा सेयर गर्नुहुन्छ, त्यो ग्लोबल अथवा विश्‍वव्यापी हुन्छ तर सबैले पढे भन्‍ने सोच्नु मूर्खता हुन्छ।

सोसियल मिडियाले नेपालमा ठूलो फड्को मारिरहेको छ किनकि चलेको मिडिया फेसबुक र ट्विटरमात्र हैन, थुप्रै नेपाली लिंक्डइन र डिग पनि चलाइरहेको पाइन्छ। सामाजिक सञ्‍जाल सशक्त र कमजोर दुवै हुन सक्छ। यदि यसमा सबैको साथ र सम्झौता हुन्छ भने यो शक्तिशाली बन्छ नभए यो कमजोरीतर्फ उन्मुख हुन्छ।

त्यसैले सामाजिक सञ्‍जाल एक्लै खडा हुन सक्दैन, सबैको साथ अपरिहार्य हुन्छ। तसर्थ सामाजिक सञ्‍जालको जग भनेकै सबैको साथ हो। धेरैले सोसियल मिडिया भन्‍नेबित्तिकै सामाजिक सञ्‍जाल भन्‍ने बुझ्छन्। तर, सत्यता भनेको सामाजिक सञ्‍जाल सोसियल मिडियाको एउटा बलियो हाँगा हो।

सोसियल मिडिया थुप्रै किसिमका छन्। जस्तै, सोसियल न्युज, सोसियल बुकमार्किङ, सोसियल नेटवर्किङ, मल्टिमिडिया (फोटो, भिडियो, अडियो) सेयरिङ, विकिज, साधारण मिडिया आदि। साधारण मिडियाले सीधा एउटै बाटो लिन्छ र स्रोत पनि पर्याप्त हुँदैन तर सोसियल मिडियामा थुप्रैको एकैपटक सहभागिता हुन्छ, स्रोत र आवाज धेरै हुन्छन्।

यसमा दुईवटा बाटा हुन्छन्, एउटा भन्‍नेको र दोस्रो त्यसलाई प्रतिक्रिया दिनेको। एक किसिमले भन्दा सोसियल मिडिया भनेको कुनै वेबसाइट हो जसले आफ्नो साइटमा थुपै्र सदस्यबीच अन्तरसंवाद गराउँछ।

विश्‍वकै सबैभन्दा पुरानो सामाजिक सञ्‍जाल भनेको सिक्सडिग्रिज डटकम हो, जुन सन् १९९७ मा उद्घाटन गरिएको थियो र सन् २००० मा बन्द भयो। निल्सेनको 'ग्लोबल फेसेस एन्ड नेटवर्कड प्लेसेस'को रिपोर्टअनुसार सामाजिक सञ्‍जाल र ब्लगिङ अनलाइन क्रियाकलापमा चौथो स्थानमा आउँछन्, व्यक्तिगत ईमेलभन्दा माथि।

संसारका सबै अनलाइन प्रयोगकर्तामध्ये ६७ प्रतिशत अब सामाजिक सञ्‍जालको साइट प्रयोग गर्छन् र इन्टरनेटको कुल समयको १७ प्रतिशत सामाजिक सञ्‍जालमा बिताइरहेका छन्। ब्लग विकिपेडिया र युट्‍युब सबै सामाजिक मिडिया ज्ञानका भण्डार हुन्। यिनीहरूको प्रयोग र सुविधा अतुलनीय छ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar