
एएफसी यु-१६ च्याम्पियनसिप भदौ २१ देखि असोज ४ गतेसम्म थाइल्यान्डमा आयोजना हुनेछ। च्याम्पियनसिप सन् २०१५ मा बेल्जियममै आयोजना हुने यु-१७ विश्वकपको छनोट खेल पनि हो।
च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने चार टोली विश्वकपका लागि छनोट हुनेछन्। च्याम्पियनसिपको समूह 'सी' मा नेपालसहित उज्वेकिस्तान, उत्तरकोरिया र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। विमल बेल्जियमको एन्डरलेच्ट क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।