२३ साउन, काठमाडौं । डन दिनेश अधिकारी (चरी) माथि भएको गोली प्रहारबारे गृहमन्त्री वामदेव गौतमले छानविन गर्ने बताइरहँदा र एमाले अध्यक्ष केपी ओलीले सुनियोजित हत्या भएको भनिरहँदा प्रहरी अधिकारीले भने यो घटनालाई ‘उत्कृष्ठ काम’ बताएका छन् ।
‘प्रहरीले चरीमाथि गोली ठोकेर उत्कृष्ठ काम गरेको छ, राज्यका सिपाहीमाथि गोली ताक्नेलाई यसै गर्नुपर्छ,’ गुण्डा नियन्त्रण अभियान चलाएका काठमाण्डौका एक पूर्व प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने शर्तमा भने- ‘राज्यले प्रहरीलाई गोली किन दिएको ? गोलीको काम यस्तै अवस्थामा ठोक्ने त हो नि । अपराधीले प्रहरीमाथि गोली ताकेका बेला प्रहरी हेरेर बस्दैन, ठाउँको ठाउँ हानेर मार्न पाउँछ ।’
‘तर, चरीलाई घुँडामुनि गोली हानेर पक्रन सकिँदैनथ्यो ? प्रहरीले नक्कली इन्काउन्टर खडा गर्यो भन्ने एमाले नेताहरुको आरोप छ नि ?’ अनलाइनखबरको प्रश्नमा ती अधिकारीले भने- ‘गोलीले घुँडा र छाती केही भन्दैन, प्रहरीमाथि गोली चलाउनेलाई छातीमात्रै होइन, टाउकोमा पनि हान्न पाइन्छ, त्यहाँ म भएको भए टाउकैमा हान्थें ।’
चरीमाथि भएको गोली प्रहारलाई लिएर प्रहरीमाथि अनुसन्धान वा कारवाही हुनै नसक्ने ती अधिकारीले बताए ।
‘समाजको शत्रु मारेर प्रहरीले उत्कृष्ठ काम गरेको छ, यस्ता विरोधले प्रहरी संगठनमा केही हुनेवाला छैन, जसले प्रहरीको विरोध गर्छन्, तिनीहरु आफैं नांगिन्छन् ।’ उनले भने- ‘अपराधी भेट्न अस्पताल-अस्पताल दौडिने नेताहरुको विरोधले प्रहरी संगठन हल्लिनेवाला छैन, यो घटनाले प्रहरी संगठनलाई अझ शक्तिशाली र मजबुद बनाएको छ । विरोधले केही हुनेवाला छैन ।’
आक्रोश व्यक्त गर्दै ती अधिकारीले भने- ‘नेता र अपराधीको साइनो सम्बन्ध कस्तो रहेछ भन्ने यो घटनाले देखाएको छ, समाजको शत्रु मर्दा प्रहरीलाई कारवाही गर्ने ? यी नेताहरुले के गर्न खोजेका हुन् ?’
चरीको हत्यासम्बन्धी घटनालाई केटीकाण्डसँग जोडेर प्रचार गरिए पनि केही हुन नसक्ने उनले बताए । ‘यस्ता प्रचारले केही हुँदैन, प्रहरीले साह्रै राम्रो काम गरेको छ ।’ उनले भने ।
यस्तो काम गर्ने प्रहरीलाई हेडक्वार्टरले पुरस्कृत गर्नुपर्ने उनले तर्क गरे । विगतमा पनि डाका र अपराधीलाई मार्ने प्रहरीलाई फुली थपिदिने परम्परा रहेको उनले बताए ।
यो भिडियो पनि हेर्नु होश
गौतमले गुण्डा नाइके भनेर चिनिने दिनेश अधिकारी चरी दोहोरो भिडन्तमा नै मारिएको जिकिर