Headlines News :
fb
Home » , » पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा

पृथ्वीतर्फ बढ्दै गरेको क्षुद्रग्रहले मानव जीवनलाई सखाप पार्ने खतरा

काठमाडौं, साउन ३१ – पृथ्वीमा ठोक्किने गरी एउटा ठूलो क्षुद्रग्रह (एस्टरोइड) ३३ हजार ८ सय माइल प्रतिघण्टाको रफ्तारले अघि बढ्दै छ । यदी त्यो क्षुद्रग्रह पृथ्वीमा ठोकिने हो भने पृथ्वी नै ध्वस्त हुने वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार करिब ४४ हजार ८०० मेगाटन विस्फोटक पदार्थको क्षमता भएको उक्त क्षुद्रग्रह सन् २८८० को मार्च १६ का दिन पृथ्वीसँग ठोक्किने छ । यदी यसलाई आकाशमा नै ध्वस्त गरिने हो भने यसको असर निकै भयानक हुने उनीहरुको भनाई छ ।

हुनतः यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना १÷३०० मात्र छ, तर यो वैज्ञानिकहरुलाई चिन्तित तुल्याउनका लागि काफी छ । यदी यो पृथ्वीसँग ठोकिने हो भने यसले ठूलो सुनामी, भुईचालो ल्याउनेछ र यहाँको जलवायुलाई नै परिवर्तन गरिदिने छ । यसले गर्दा पृथ्वीबाट मानव जीवननै सखाप हुने कुरा वैज्ञानिकहरुले बताएका छन् । टेनिसी विश्वविद्यालयले उक्त क्षुद्र ग्रहको नाम १९५० डीए दिएका छन् र यस विषयमा अध्ययन गरिरहेका छन् । स्रोतः मिरर अनलाइन 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar