साउन, काठमाडौं । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगरले एण्डरलेक्टका लागि गोल गरेका छन् ।
नेदरल्याण्डमा जारी अन्तराष्ट्रिय यू-१९ कोपा डेल अगाथा फुटबलमा एण्डरलेक्टले विमलको गोलको मदतमा गाइनोडविरुद्ध २-० को जित निकाल्यो । आइतबार भएको खेलमा एण्डरलेक्टको जितमा विमलसँगै विड फिसले गोल गरेका छन् ।
विमल हालै मात्र बेल्जियमको क्लब एण्डरलेक्टको एकेडेमीमा एक वर्षका लागि अनुवन्धित भएका छन् ।
कोपा डेल अगाथामा विमलको यो दोस्रो गोल हो । उसअघि उनले एफसी कोपनहेगनविरुद्ध गोल गरेका थिए ।
प्रतियोगितामा ६ क्लबको सहभागिता छ, जसमा डेनमार्कको एफसी कोपनहेगन, एन्डरलेक्ट, जापानको सेरेजो ओसाका, नेदरल्याण्डको रोटरड्याम र ब्राजिलको रेडबुल ब्राजिल र एथ्लेटिको पारानैन्स छन् ।
एफसी कोपनहेगनविरुद्ध खेलमा गोल गर्दै विमल |