मंगलबार मात्र विश्व स्वास्थ्य संगठनले जारी गरेको व्यक्तव्यका अनुसार गत फेब्रुवरीबाट पश्चिम अफ्रिकामा फैलिएको ईबोला भाइरस रोग (इभीडी) बाट मर्नेको संख्या १,०१३ पुगिसकेको छ भने यस रोगबाट १,८४८ जना संक्रमित भइसकेका छन् ।
अगस्त ७ देखि ९ सम्ममा मात्र, ६९ वटा इबोला भाइरसका नयाँ रोगीहरु गिनिया, लाइबेरिया र सेयेरा लियोनमा देखापरेका छन् । यिनीहरुमध्ये ५२ को अवस्था चिन्ताजनक रहेको छ । गत डिसेम्बर महिनामा पहिलोपटक यो भाइरस देखापरेको गिनियामा यस रोगका कारण अहिलेसम्म सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यहाँ ३७३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै छिमेकी देश लाइबेरियामा ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्यान गुमाएका छन् । इबोला भाइरस रोगका कारण नाइजेरियामा पनि दुई जनाले ज्यान गुमाइसकेका छन् । उक्त क्षेत्र पश्चिम अफ्रिकामा सबैभन्दा बाक्लो जनसंख्या भएको मानिन्छ । ईबोला भाइरसको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालिन स्थितिको घोषणा गरेको छ ।
के हो ईबोला भाइरस रोग?
विश्व स्वास्थ संगठनले ईबोला भाइरस रोग (इभीडी)लाई ‘एक गम्भिर, प्रायः घातक रोग, जसको मृत्युदर ९० प्रतिशतसम्म रहेको छ’ भनेर ब्याख्या गरेको छ । ईबोला भाइरस रोगलाई ईबोला हेमोरागिक फिभर (इएचएफ) पनि भनिन्छ । यसबाट मानिस तथा जनावर दुवै संक्रमति बन्न सक्छन् । यस भाइरसबाट संक्रमित भएपछि मानिसलाई उच्च ज्वरो आउने, आन्तरिक रक्तश्राव हुनेगर्दछ । यसबाट मानिसलाई हेमोरेजिक ज्वरो आउने गर्दछ र अन्ततः मृत्यु हुने गर्दछ । ईबोला पहिलोपटक सन् १९७६ मा दुई पटक सुडान र कंगोमा देखिएको थियो । कंगोकै ईबोला नदी नजिकै रहेको एक गाउँमा यो रोग देखापरेको हुनाले यस भाइरसको नाम ईबोला राखिएको हो ।
‘फिलोभाइराडे’ नामक आरएनए भाइरसको दुई सदस्य मध्ये एक भाइरस, ईबोला हो । यसका चार प्रकारहरु रहेका छन् जसमध्ये तीन मानिसका लागि घातक मानिन्छ – १) ईबोला–आइभोरी कोष्ट २) इबोला सुडान ३) ईबोल–जाइरे । चौथौं ईबोला–रेस्टोन भाइरस भने गोरिल्लालगायतका जनवारमा मात्र पाइएको छ । फलफूल खाने चमेरोलाई ईबोला भाइरसको प्राकृतिक होस्ट मानिन्छ । यस रोगको आधिकारिक उपचारविधि वा भ्याक्सिन बनेको छैन । वैज्ञानिकहरुले अझै ईबोला भाइरसको विस्तृत अध्ययन गर्न पाएका छैनन् । यद्यपि, अहिले विश्व स्वास्थ्य संगठनले प्रयोगात्मक औषधी प्रयोग गर्न अनुमति दिएको छ । यो रोगबाट मानिस मात्र नभएर गोरिल्लाहरु पनि खतरामा रहेका छन् । पछिल्लो १५ वर्षमा ईबोलाका कारण संरक्षित क्षेत्रमा रहेका १÷३ गोरिल्लाहरुको मृत्यु भइसकेको छ ।
जैविक–आतंकवादको हतियार ?
धेरैले ईबोला भाइरसलाई जैविक आतंकवादको हतियारको रुपमा प्रयोग हुने हो कि भनेर आशंका व्यक्त गरेका छन् । सुंगुरमा देखिएको ईबोलाको एक प्रकार ‘रेस्टोन’ भाइरसले अहिलेसम्म कुनै पनि मानिसलाई असर गरेपनि यो भाइरस फैलिने र म्युटेट हुने राम्रो स्रोत भएको वैज्ञानिकहरु बताउँछन् । यसरी बिस्तारै मानिसलाई असर गर्ने रोगका रुपमा विकासित हुन सक्ने उनीहरुको आशंका रहेको छ । तर, अमेरिकाको जेनेरल एकाउन्टिङ अफिसले भने यस कुराको संभावनालाई नकारेको छ । सन् १९९९ को रिपोर्टका अनुसार यो भाइरस संकलन र प्रशोधन गर्न निकै कठिन, सम्हाल्न असुरक्षित र अस्थिर भएका कारण यसलाई जैविक हतियारका रुपमा विकास गर्न नसकिने उनीहरुको दाबी रहेको छ । यद्यपि, अहिले अमेरिकामा यसलाई प्रयोग गरेर हुन सक्ने जैविक आतंकवादको खतरालाई कसरी न्यूनीकरण गर्ने भनेर ब्रुम फिल्ड ल्याबोरेटरीमा यसबारे अन्वेषण शुरु भइसकेको छ । यसका लागि नेसनल इन्सटिच्युट अफ हेल्थले कोरजेनिक्स मेडिकल कर्पोरेसनलाई २.९ मिलियन डलर उपलब्ध गराइसकेको एबिसी न्युज बताउँछ ।
ईबोलाको लक्षण
ईबोलाको लक्षण अकास्मात रुघा लागेको जसरी शुरु हुन्छ । शरीर थाक्ने, ज्वरो आउने, टाउको दुख्ने, माशंपेशी, हड्डीको जोर्नी र पेट दुख्ने जस्ता लक्षण देखिन थाल्छ । धेरैलाई बान्ता हुने, डाइरिया र खाना नरुच्ने पनि हुनसक्छ । कोहीलाई भने घाँटी सुख्खा हुने, छाती दुख्ने, बाडुली लाग्ने, स्वास प्रश्वासमा गाह्रो हुने र खाना निल्न गाह्रो पनि हुने गर्छ । औसत रुपमा रोगबाट संक्रमित भएपछि पहिलो लक्षण देखापर्न ८ देखि १० दिन लाग्दछ तर यो २ देखि २१ दिनसम्म पनि लाग्ने गरेको पाइएको छ । कसैको छालामा घाउ पनि देखापर्न सक्छ जसलाई म्याकुलोप्यापुलर ¥यास पनि भनिन्छ ।
शरीरबाट रक्तश्राव हुने चरणमा पुग्नुभन्दा पहिले ईबोला भाइरस रोगको लक्षण मलेरिया, डेंगु र अन्य ज्वरोको लक्षणसँग मिल्छ । ४० देखि ५० प्रतिशत रोगीहरुमा नाक, यौन अंग, मलद्वार, गिजा आदिबाट रक्तश्राव भएको पाइएको छ । यो चरण पहिलो पटक लक्षण देखिएको ५ देखि ७ दिन भित्र देखिने गरिएको छ । आन्तरिक रक्तश्रावको लक्षणको रुपमा आँखा रातो हुने र बान्तामा रगत देखिने हुनसक्छ । त्यस्तै दिसामा पनि रगत देखिनसक्छ । रक्तश्रावको लक्षण देखिनु भनेको यो रोगको अन्तिम चरण मानिन्छ जसबाट मानिसको मृत्यु पनि हुनसक्छ । प्रायः ७ देखि १६ दिन भित्र शरीरका विभिन्न अंगले काम गर्न छाड्छ, जसबाट मानिसको मृत्यु हुने गरेको छ ।
कसरी सर्छ यो रोग ?
ईबोला भाइरस रोग लागेको मानिसको रगत, पसिना र शरीरको अन्य तरल पदार्थको सम्पर्कमा आउँदा यो रोग सर्दछ । यो जनवारबाट सर्ने गरेको पनि पाइएको छ । अफ्रिकामा ईबोला भाइरस रोगबाट ग्रसित चिम्पान्जी, गोरिल्ला, फल खाने चमेरो, बाँदर आदिबाट यो रोग सरेको पाइएको छ । मानिस–मानिसबीचको सम्पर्कले यो रोग फैलिरहेको छ । विशेष गरेर ईबोला भाइरस रोग लागेर मरेका व्यक्तिको अन्तिम संस्कारको बेला रोगीको शरीरको सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सर्ने गरेको पाइएको छ । यही कारणले गर्दा अहिले ईबोलाबाट प्रभावित अफ्रिकाका केही देशहरुमा रोग सर्ने डरले ईबोला भारइस रोगका कारण मृत्यु भएकाहरुको लासलाई दाहसंस्कार गर्न समेत मानिसहरु डराइरहेका छन् । उनीहरुको लास बाटोमा यत्रतत्र छरिएका छन् । यो रोग लागेर ठीक भएका पुरुषहरुको वीर्यबाट पनि यो रोग सर्न सक्छ । रोग लागेर ठीक भए पनि ७ दिनसम्म यौनसम्पर्क नगर्न डाक्टरहरुले बताएका छन् ।
उपचार तथा रोकथाम
डाक्टरहरु अझै पनि ईबोला भाइरस रोगका बारेमा रनभुल्ल छन् । यसको उपचार, औषधी वा भ्याक्सिन केही पनि छैन । हालै मात्र विश्व स्वास्थ्य संगठनको बैठकले जेडम्याप नामक प्रयोगात्मक औषधी प्रयोगमा ल्याउने निर्णय गरेको छ ।
यद्यपि यो औषधी कति प्रभावकारी हुने हो भन्ने हेर्न बाँकी नै छ । यस रोग लागेका मानिसलाई पनि डाक्टरहरुले विशेष हेरचार गर्नुपर्ने हुन्छ जसलाई ब्यारियर नर्सिङ पनि भनिन्छ । यसमा विशेष प्रकारको कपडा जस्तै मास्क, ग्लोब र गाउन र चस्मा लगाउनुपर्छ । ईबोलाका रोगीहरुलाई अन्य मानिसहरुबाट टाडा र विशेष क्षेत्रमा राखिनुपर्छ । छोएरै यो रोग सर्ने हुँदा त्यस्ता रोगीसँग सम्पर्क नगर्नु नै राम्रो हुने डाक्टरहरु बताउँछन् ।
भिडियो हेर्नु होश >>>>>