Headlines News :
fb
Home » » अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जना स्वास्थ्य निगरानीमा

अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जना स्वास्थ्य निगरानीमा

काठमाडौं । सरकारले इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखेको छ । यसमा दुई जना नेपाली सैनिक पनि छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ गतेदेखि सञ्चालित हेल्थ डेक्सले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो । कसैमा पनि शंकास्पद लक्षण भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शरीरमा भाइरस प्रवेश गरेको २१ दिनसम्म लक्षण देखिसक्ने हुँदा निगरानीमा राख्नुपनरेको स्वास्थ्यकर्मी बताउँछन् । तत्काल्ऽ लक्षण देखिए अस्पताल्ऽ लगिने र नदेखिए निरन्तर तोकिएको स्वास्थ्य संस्थाको सम्पर्कमा रहने गरी घर पठाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले बताउनुभयो । उहाँले अहिलेसम्म कसैमा कुनै पनि शंकास्पद लक्षण नभेटिएको पनि प्रष्ट पार्नुभयो । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar