केरामा पोटासियम, भिटामिनलगायतका पौष्टिक तत्त्व पाइने हुनाले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। त्यसैगरी केराले सौन्दर्य वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
प्राकृतिक रूपमा मोइस्चराइजरको काम गर्छ : केरामा भिटामिन 'सी' पाइने हुनाले यसले छालाको चमक बढाउँछ। यसमा ७५ प्रतिशत पानीको मात्रा हुन्छ। यसले छाला सुक्खा हुनबाट बचाउँछ र छाला फुट्ने समस्या पनि रोक्छ।

केराले छाला चम्काउँछ : केरामा भएको भिटामिन सीले गर्दा छाला चम्काउन मद्दत गर्छ।
केराले स्क्रबको काम गर्छ : केरामा एक चम्चा चिनी मिसाएर अनुहारमा विस्तारै माड्दै धोएमा मृत छाला जान्छ र अनुहार सफा हुन्छ।
रक्तचाप नियन्त्रण गर्छ : दिनहुँ केरा खाँदा उच्च रक्तचाप नियन्त्रण गर्छ। किनकि यसमा पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम पर्याप्त मात्रामा हुन्छ।
केराले तौल नियन्त्रण गर्छ : केरामा धेरै फाइबर अथवा रेसा हुने भएकाले यो सजिलै पचाउन सकिन्छ। यसले गर्दा तौल नियन्त्रण गर्न मद्दत गर्छ।
केराले तनाव घटाउँछ : नियमित केराको सेवनले तनाव कम गराउँछ। तनाव कम हुँदा यसले अनुहारमा पर्ने चाउरीपनमा कमी आई सौन्दर्य वृद्धि गर्छ।