१३ जना परिवार वेपत्ता भएपछि शोकमा बसेका नैनबहादुर भन्छन, 'टेकनपुर धारापानी बेशीमा रहेका १६ घरका २२ जना कता हराए थाहा छैन ।
टेकनपुर (सिन्धुपाल्चोक), श्रावण १८ - रातको साढे दुई बजे टेकनपुर धारापानीबस्तीका ७२ वर्षीय नैनबहादुर खत्रीलाई निद्राले छाडिसकेको थियो । पल्लोतिरको पहाडबाट केही डरलाग्दो आवाज आयो, उनले झ्याल खोलेर नियाले । त्यसैमा भुईचालो गएजस्तो घरै हल्लन थाल्यो । हेर्दाहेर्दै ठूलो पहाड मेघ गर्जेजस्तो आवाज निकाल्दै, उज्यालो देखिंदै, भासिंदै गयो ।
छोरा, बुहारी, नातिनातिना र आफन्त गरी १३ जना पहिरोमा बेपत्ता भएको पीडामा कुडिंदै नैनले शनिवार दिउँसो पिढीमा बसेर गएरातीको घटना स्मरण गरे । माख्लो बस्तीमा ७२ बषिर्या श्रीमती सत्यरुपाका साथ बस्दै आएका उनका परिवारका धेरै सदस्य चाहि धारापानी बेशीमा वस्थे । जुन वस्ती अहिले सतहबाट करिब ५० मिटरमुनि थिचिएको अनुमान छ । 'बर्बादै भयो पाखुरा भएकाहरु बेपत्ता छन् । भएको सम्पत्ति पनि पुरिएको छ, अब कसरी बाँच्नु?' रुदाँरुँदा आँखा सुनिएकी सत्यरुपाले भनिन् ।
खत्री परिवारको उब्जाउ जमिन जति बेशीमै थियो । बस्तुभाउ पनि । अहिले बगर बनेको ठाउँमा १६ घर थिए । खेतीपाती धान्न भनेर बसेका नैनका जेठा छोरा लोकबहादुर (५३ ), उनका श्रीमती सुन्तली (४५ ), नातिनी निशा (२१ ), नाती हरेराम (२५ ), नातिनी बुहारी (२१ ) र तिनको चार महिनाको बच्चा बेपत्ता छन् । नैनका माइली बुहारी मैया र उनका तीन बच्चा, छोरा कमलको १४ बषिर्या छोरी चम्पा र पिस्कर गाविसबाट आएका भान्जा काइला खडा र उनका श्रीमती कमला पनि बेपत्ता छन् ।
'रातभर आफन्तहरु के भए होलान भनेर एकैठाउँ भेला भएर बस्यौं र विहान ६ बजे करिब आधा घण्टा तल रहेको बेशी पुग्दा सबै पुरिएको पायौं,' शोकमग्न कमलले भने, 'अहिलेसम्म तपाईहरु वाहेक बेपत्ता खोजी गर्न र बुझ््न यो गाउँमा कसैले पाइला टेकेका छैनन ।' यो वस्ती दोलखा सिमानाबाट २० किलोमिटर कच्ची सडक पार गरेर करिब १५ मिनेट पैदल हिडेपछि पुग्न सकिन्छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले खोला थुनिएको भाग कटाउन र उद्धार कार्यका लागि गाउँ पुग्न असमर्थ भएको बताए । 'बरु तपाईहरुले के पाउनुहुन्छ बताइ दिनुहोला,' ठूलो क्षती भएकाले सबै ठाउँमा सरकारी उद्धारकर्ता पुग्न असमर्थ भएको उनले कान्तिपुरसँग बताए ।
टेकनपुर सिमपानी बेशीमा तौथलीबाट आएर बसोबास गरेका रमेश थामी (४५), उनकी श्रीमती किरण (४०), छोरी बन्दना (१५) र अन्जना (७), छोरा कृष्ण (२०) र उनकी गर्भवती श्रीमति जानुका (२०) पनि बेपत्ता भएको गाउँलेहरुले बताए । पिस्करबाट आएका अरु दुई पाहुनासमेत बेपत्ता भन्ने खवर आएको नैनले बताए ।
गाउलेका अनुसार नजिकैको राम्चे इटीनीका तामाङ समुदायका २५ घरमध्ये १६ वटा पहिरोले बगाएको छ । माङ्खा गाविस कागुनीस्थित बढी जसो तमाङहरु बस्ने करिब ८० घरको पनि अत्तोपत्तो छैन । माङ्खाकै कार्कीहरु बसोबास गर्ने करिब १५ घर पहिरोले कता लग्यो थाहा हुनसकेको छैन । माङ्खाकै ड्यामसाइटका ब्रामहण र नेवार वस्ने करिब १८ घर पहिरोमा विलाएका छन् । धुस्कुन दावीडाँडाको गाउँ कता हरायो थाहा छैन । राम्चे भालुखोपका करिब १२ घर पनि देखिंदैनन । टेकनपुरबाट नियाल्दा १ सय ८० घरहरु पहिरोमा पुरिएको देखिने उनीहरुले बताए । हजार जति मानिस वेपत्ता भएको अनुमान गर्न सकिने गाउँलेहरुले कान्तिपुरलाई बताए ।
भाग्यले बाँचेका दम्पत्ति भन्छन : 'खेती गर्न उकालो लाग्दा बाँचियो'
'बेशीको खेती सकिएकै साँझ हिजो माथिल्लो वस्तीमा आयौं, त्यहीँ रात अघिल्लो दिनसम्म बिताएको ठाउँ सबै पुरियो,' टेकनपुर धारापानी बेशीका नारायण खत्रीले भने । उनी र श्रीमती दुर्गा अघिल्लो साँझ माथिल्लो गाउँको खेतीपाती लगाउन सुरु गर्ने उद्देश्यले बेशी छाडेका थिए ।
'बेशीको खेती सकिनु नै बाँच्नु लेखेको रहेछ,' नारायणले भने, 'किन किन साझ नै उकालो लाग्न मन लाग्यो ।' यो दम्पत्ति आफु बाँचे पनि बुबा, अमा, भाइ, बहिनी र बुहारी गरी १० जना बेपत्ता भएको पिडामा छन् । नैनका नाता नातिनी पर्ने यो दम्पत्ति बार्खा लागेपछि माथिल्लो वस्तीमा आएका थिएनन् । तल नै चटारो थियो त्यसैले बेशीमै दैनिकीहरु वित्दै थियो । आफ्नो रोपाई सक्नु र अरुको मेला गइदिने कार्य पनि सकिएकाले उनीहरु शुक्रबार बेलुकीपख माथिल्लो गाउँको घरमा आएका थिए ।
तल नै बस्ने उनीहरु चाडपर्व र मेलापात गर्न भने माथिल्लो गाउँ आएका हुन्थे । नत्र तल नै बिताउने उनीहरु आफुलाई भाग्यवस बाँचेको बताउँछन् ।