भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विशेष विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। दिल्लीबाट केहीबेरअघि उडेको विमान काठमाडौंस्थित विमानस्थल आइपुगेको हो। उनको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला विमानस्थल पुगिसकेका छन्। उनीसँगै नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत अन्य उच्च पदस्थ ब्यक्ति विमानस्थल पुगेका छन्।
प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन विमानस्थलमा
प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनीसँगै परराष्ट्रलगायतका मन्त्रीहरु, उच्च पदस्थ ब्यक्ति, भारतीय राजदूत रञ्जित रेलगायत मोदीलाई स्वागत गर्न विमानस्थल पुगेका हुन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मोदी दिल्लीस्थित इन्द्रगान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेका छन्।
मोदी विशेष विमानबाट १०:५० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। दुई दिने औपचारिक भ्रमणमा आइरहेका मोदीलाई नेपाली सेनाले १९ तोपको सलामी दिनेछन्।
त्यसपछि मोदी आरामका लागि बौद्धस्थित ह्यात होटल पुग्नेछन्।
भिडियो