काठमाडौं : कानुनमन्त्री नरहरि आचार्यले महिलालार्इं जिस्क्याउने, अभद्र व्यवहार गर्ने पुरुष दण्डित हुनु परेझैं कुनै दिन पुरुषलाई जिस्क्याउने पनि दण्डको भागीदार बन्नुपर्ने बताएका छन्। लैंगिक हिंसा अन्त्य गर्न 'केही नेपाल ऐनलाई संशोधन गर्ने' विधेयकका बारेमा सभासद्ले उठाएका प्रश्नको उत्तर दिने क्रममा मन्त्री आचार्यले यस्तो धारणा राखेका हुन्।
विधेयकमाथि ४९ जना सभासद्ले बोलेका थिए। केही सभासद्ले पुरुषले महिलालाई अभद्र व्यवहार गर्दा कारबाहीको भागीदार बन्नु परेझैं महिलाले पनि पुरुषमाथि अभद्र व्यवहार गरेमा कारबाही हुने कानुन बन्नुपर्ने धारणा राखेका थिए।
जबाफमा मन्त्री आचार्यले भने, 'कुनै दिन पुरुषमाथि अभद्र व्यवहार भएमा दण्ड हुने कानुन बन्नेछ।' लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐन संशोधन विधेयकमा ३१ वटा कानुनमा संशोधन प्रस्ताव गरिएको छ। नेपाल प्रहरीमा लैंगिक हिंसामा ठोस कारबाही गर्ने, थुनाका बन्दी महिलाका लागि महिला सुरक्षाकर्मी नै रहने, अदालतले महिलाको सुनुवाइलाई उच्च प्राथमिकता दिनुपर्ने, छोरीलाई समान हकको व्यवस्था गर्ने, अपांगमैत्री रहने, जबर्जस्ती करणीमा सरकारले क्षतिपूर्ति दिने, महिला र पुरुष सम्बन्धविच्छेदमा समान आधारको नीति लिने, लैंगिक विभेदलाई सामाजिक अपराधका रूपमा लिने, सजाय र जरिबाना हद बढाइनेलगायत प्रावधान राखेर विधेयक ल्याइएको जानकारी मन्त्री आचार्यले दिए।
विधेयकमाथि १२ पुरुष र ३७ जना महिला सभासद्ले बोले। उनीहरूले सरकारले ल्याएको विधेयक कार्यान्वयमा जोड दिनुपर्ने बताएका थिए। थरुहट तराई पार्टीका सभासद् गोपाल दहितले महिलामाथि हिंसा हुँदा दण्डसजाय तोकिएझैं महिलाले पुरुषमाथि ङ्क्षहसा गर्दा पनि सजाय हुने व्यवस्था ऐनमा समेट्नुपर्ने धारणा राखेका थिए। नेमकिपाकी सभासद् अनुराधा थापामगरले पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने व्यवस्था विधेयकमा राख्नुपर्ने बताइन्।
मन्त्री आचार्यले महिला हिंसा अन्त्य गर्न कानुनसँगै सामाजिक र सांस्कृतिक परिवर्तन पनि आवश्यक रहेको औंल्याएका थिए। 'लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७१' सर्वसम्मतिले स्वीकृत भएको छ।
लेखा समितिमा शर्मा सर्वसम्मत काठमाडौं : व्यवस्थापिका संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादीका जनार्दन शर्मा निर्विरोध निर्वाचित भएका छन्। लेखा समितिको सभापति पद विपक्षी दलले पाउने संसदीय परम्परा छ। शर्माको प्रस्तावक समाजवादी जनपार्टीका प्रेमबहादुर सिंह र समर्थक एमाओवादीका डोरप्रसाद उपाध्याय छन्। लेखा समिति सभापतिका लागि शर्माको मात्रै उम्मेदवारी परेको छ। लेखा समिति सभापतिका लागि शुक्रबार बिहान निर्वाचन तोकिएको छ।