Headlines News :
fb
Home » , » अपडेट: भारतीय प्रधानमन्त्री मोदीलाई १९ तोपको सलामी

अपडेट: भारतीय प्रधानमन्त्री मोदीलाई १९ तोपको सलामी

प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरेका छन्। दुई दिने औपचारिक भ्रमणमा आएका मोदीलाई कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकफ नागरिकन्युजकर्मी प्रकाश तिमल्सिनाले जनाएका छन्। प्रधानमन्त्री कोइरालासँगै सभामुख सुवास नेम्वाङ, गृहमन्त्री बामदेश गौतम,नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायतले मोदीलाई स्वागत गरेका थिए। उनको आगमनसँगै सैनिक मञ्च टुडिखेलमा १९ तोपको सलामी दिइएको छ। मोदी विमानस्थलबाट आराम गर्न बौद्धस्थित ह्‍यात होटल पुग्नेछन्।

मोदी चढेको विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विशेष विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। दिल्लीबाट केहीबेरअघि उडेको विमान काठमाडौंस्थित विमानस्थल आइपुगेको हो। उनको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला विमानस्थल पुगिसकेका छन्। उनीसँगै नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत अन्य उच्च पदस्थ ब्यक्ति विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन विमानस्थलमा

प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनीसँगै परराष्ट्रलगायतका मन्त्रीहरु, उच्च पदस्थ ब्यक्ति, भारतीय राजदूत रञ्जित रेलगायत मोदीलाई स्वागत गर्न विमानस्थल पुगेका हुन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मोदी दिल्लीस्थित इन्द्रगान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेका छन्।

मोदी विशेष विमानबाट १०:५० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। दुई दिने औपचारिक भ्रमणमा आइरहेका मोदीलाई नेपाली सेनाले १९ तोपको सलामी दिनेछन्।

त्यसपछि मोदी आरामका लागि बौद्धस्थित ह्यात होटल पुग्नेछन्।

नेपालमा रहँदा मोदीका औपचारिक कार्यक्रम

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ५१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान १०:५० बजे विशेष विमानमाबाट त्रिभुवन विमानस्थल अवतरण गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले उनलाई स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले सम्मानगारत र १९ तोपको सलामी दिनेछ। विमानस्थलबाट उनी सिधै आफू बस्ने बौद्धस्थित होटल ह्यात जानेछन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे साढे १२ बजे त्यहीँ पुगेर मोदीलाई शिष्टाचार भेट गर्दै कार्यक्रमबारे जानकारी गराउनेछन्।

ह्यातमा दिउँसोको खाना खाएपछि मोदी साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री कोइरालासँग आधा घन्टा ‘वान टु वान' कुराकानी गरेपछि दुवै देशका प्रधानमन्त्री तीनदेखि चार बजेसम्म चल्ने नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपाल र भारतका ९/९ जना सदस्य रहनेछन्। बैठक सकिएलगत्तै चार बजेपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम हुनेछ।

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रम सकिएपछि मोदी साढे ४ बजे बानेश्वरस्थित संसद भवन पुग्नेछन्। १५ मिनेट सभामुख सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेपछि मोदीले ४:५० बजेबाट ४० मिनेट संसदलाई सम्बोधन गर्नेछन्। त्यसपछि उनी होटल ह्यात फर्किने कार्यक्रम छ। भारतीय दूतावासले होटल ह्यातमा साँझ साढे ६ बजेबाट एक घन्टासम्म गर्ने रिसेप्सनमा पनि उनी सहभागी हुनेछन्। त्यसपछि उनी प्रधानमन्त्री कोइरालाले उनको सम्मानमा साँझ ८ बजे सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। डेढ घन्टा त्यहाँ बिताएपछि उनी होटल ह्यात फर्कनेछन्।

सोमबार बिहान साढे ९ बजे भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथ पुगी दर्शन र पूजाअर्चना गर्नेछन्। त्यसपछि उनी ११:१५ बजे शीतल निवास पुगी राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आधा घन्टा कुराकानीपछि राष्ट्रपतिले मोदीको सम्मानमा शीतल निवासमै दिवाभोज आयोजना गर्नेछन्। दिवाभोजबाट होटल ह्यात फर्केपछि मोदीलाई भेट्न क्रमशः नेकपा एमालेका अध्यक्ष केपी ओली १:१५ बजे, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १:४५ बजे, मधेसीवादी दलका नेता २:१५ बजे जानेछन्। मोदीले तीन बजेबाट आधा घन्टा ह्यातमै व्यापारिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी ३:४५ बजे पाटन र भक्तपुर दरबारको अवलोकनमा निस्कने छन्। मोदीको सोमबार ५:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ। भिडियो हेर्नुहोश

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar