Headlines News :
fb
Home » , » तम्घास अस्पताल अब १५ बाट ५५ शैयामा

तम्घास अस्पताल अब १५ बाट ५५ शैयामा

गुल्मी, असार २३ । जिल्लाका राजनैतिक दल र अन्य सरोकारवालाको लामो अथक प्रयास पछि  तम्घास अस्पतालले सरकारवाट ५५ शैयाको स्वीकृति पाएको छ ।
 आईतवार वसेको मन्त्री परिषदको बैठकले जम्मा १५ शैयाको तम्घास अस्पताललाई ५५ शैया बनाउने निर्णय गरेको तम्घास अस्पताल विकास समितिका अध्यक्ष विरबहादु कार्की (चाहल ) ले जानकारी दिए ।
सरकारले यस्तो निर्णय गरेको जानकारी पाउन साथ यहाँका राजनैतिक दलका नेता र सरोकारवाल सवै निकै हर्षित बनेका छन् । ‘हिजो मन्त्री परिषदको बैठकले ५५ शैया बनाउने निर्णय गरेको जानकारी आएको छ’  – अध्यक्ष कार्कीले भने –‘आधिकारीक पत्र आई नसके पनि स्वीकृत भएको खवरले  निकै हर्षित भएका छौं । ’
उनले तम्घास अस्पताललाई ५५ शैयाको बनाउन अथक प्रयास गर्दै आएका जिल्लाका सवै सभाषदहरु, सवै दलका नेताहरु,   सरकारका मुख्य सचिव लिलामणी पौड्याल, पुर्व सिडियो कविन्द्र नेपाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, पुर्व जिल्ला स्वास्थ्य प्रमुख हरिबहादुर केसी लगायतका ब्याक्तिहरुलाई खुलेरै प्रंशसा गरे ।
  उनले आफ्नो कार्यकालमा तम्घास अस्पतालले ५५ शैया पाएकोमा गर्व समेत लागेको बताए । जिल्लावासीका अलवा छिमेकी जिल्ला अर्घाखाँची, प्युठान र वाग्लुङ्ग सम्मका विरामीहरुको अपार भिड लाग्ने तम्घास अस्पतालमा १५ शैया मात्र हुँदा विरामीहरु भुँईमा सुतेर उपचार गराउन बाध्य हुँदै आएका थिए । थप १५ शैयाका लागि सरकारले तम्घास अस्पतालको अर्को भवन  निर्माण गर्न वजेट विनियोजन गरेर छिट्टै काम सुरु गरिने जनाईएको छ ।<
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar