खेम कार्की, दक्षिण कोरिया ।
असार २३ ।
दक्षिण कोरियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन । चितवन खैरहनी ७ का राजेन्द्र चौधरी मृत अवस्थामा सोमबार विहान भेटिएका हुन
पशुको दाना बनाउने कम्पनीमा कार्यरत चौधरीको मृत्यु भएको नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुंगले जानकारी दिएका छन । मृतक चौधरी आइतबार साँझ खाना खाई कोठामा सुत्न गएको र विहान मृत अवस्थामा पाइएको संगै कार्यरत सुनिल परियारले वताए । चौधरी ईपिएस मार्फत २०१३ जनवरीमा आएका थिए ।
fb