काठमाडौ, असार २१ -
कस्तो बेला सफा (स्केलिङ) गर्ने
सास गन्हाउन थाले
थुकमा रगत देखिन थाले
दाँत माझ्दा रगत आउन थाले
लामो समय पान खाने/धूमपान गरेको भए
सामान्य अवस्थामा हरेक डेढ/दुई वर्षमा
तपाईं बिहान-बेलुका खाना खाएपछि दाँत माझ्ने गर्नुहुन्छ र बीचमा दाँत सम्बन्धी कुनै रोग नलागेको भए पनि बेलाबेला चिकित्सककहाँ जानैपर्ने हुन्छ । नियमित अन्तरालमा दाँत सफा (स्केलिङ) गर्दा अन्य धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।
अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ डेन्टल एन्ड क्राइनोफेसियल रिसर्च (एनआईडीसीआर) का अनुसार, समयसमयमा स्केलिङ गराउनु मुख स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । स्केलिङले गिजालाई स्वस्थ र बलियो बनाउँछ । विश्वमा अधबैंसे उमेरका १५ देखि २० प्रतिशतसम्म व्यक्तिलाई गिजाको कडा रोग लाग्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलन छ ।
स्केलिङ यस्तो यान्त्रिक, प्राविधिक र वैज्ञानिक प्रक्रिया हो जसअन्तर्गत दाँतमा जमेको फोहोरलाई कोरेर (स्क्रयाच गरेर) निकालिन्छ । 'खाना खाएपछि नियमित कुल्ला गर्ने, दिनहुँ जिब्रो सफा गर्ने र दिनहुँ दुईपटक दाँत माझ्ने सामान्य व्यक्तिले डेढ-दुई वर्षमा चिकित्सकको सल्लाह अनुसार स्केलिङ गर्नु उचित हुन्छ,' दन्तरोग तथा सौन्दर्य विशेषज्ञ डा. सुशील कोइराला भन्छन् ।
स्केलिङ सुरक्षित प्रक्रिया हो र यसबाट दाँतमा कुनै दुष्प्रभाव पर्दैन । कोइरालाका अनुसार, स्केलिङका माध्यमले दाँतको सतहमा जम्मा क्यालकुलस, प्लाक, दाग आदि हटाइन्छ । यस्तो फोहोर नहटाउँदा गिजामा पटक-पटक संक्रमण हुन सक्छ, गिजा सड्दै जान्छ र अन्ततः पाइरिया भएर बेलै नभई दाँत फुक्लिन सक्छ ।
दाँतमा जम्ने जीवाणु र खाद्य पदार्थको रंगहीन, नरम, टाँस्सिने पत्र नै प्लाक हो । यसलाई दाँतको लेउ पनि भनिन्छ । प्लाक दाँतमा निरन्तर बनिरहेको हुन्छ । प्लाकमा भएको जीवाणु नै फैलिँदै गएर गिजामा संक्रमण उत्पन्न हुन्छ र गिजाबाट रगत बग्ने, दुख्ने, कीरा लाग्ने जस्ता समस्या हुन थाल्छन् ।
दाँत माझ्दा प्लाक तत्काल निक्लन सकेन भने यो क्यालकुलस (दाँतको पत्थर) वा टार्टरमा परिवर्तन हुन्छ । टार्टर निकाल्न दन्त चिकित्सककै सहयोग चाहिन्छ, स्केलिङ गरेर । दाँत माझ्दा टार्टर निस्किँदैन ।
स्केलिङ गर्नुपर्दा कतिपय व्यक्ति डराउने गर्छन्, दाँत सिरिङ्ङ हुने भएकाले । 'यो समस्या आफैं हराउँदै जान्छ,' डा. कोइराला भन्छन्, 'पाँच/छ दिनसम्म कायमै रहे एक पटक फेरि दन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।'
स्केलिङ गरेपछि त्यही दिन नुनपानीले कुल्ला गर्नुपर्छ । कसैकसैको दाँत स्केलिङपछि हल्लिनेसमेत गर्छ, स्केलिङकै कारण त्यसो भएको भने होइन । 'दाँत निकै वर्षसम्म सफा नगराउँदा हल्लिएको दाँत क्यालकुलसले जमाएको हुन्छ,' कोइराला भन्छन्, 'अनि स्केलिङको माध्यमले क्यालकुलस निकाल्दा दाँत हल्लिएको अनुभव हुन्छ । स्केलिङको क्रममा गिजामा कडा समस्या देखिए डेन्टिस्टले बिरामीलाई गिजा विशेषज्ञकहाँ पठाउनुपर्छ । अर्को कुरा, स्केलिङ गराएलगत्तै दाँतको पालिस गराउनुपर्छ ।'
अर्को ख्याल गर्नुपर्ने कुरा के पनि छ भने, दाँत स्केलिङ गराउन राम्रै ठाउँमा जानुपर्छ । सस्तो छ भन्दैमा जहाँ पायो त्यहाँ स्केलिङ गराउँदा अरू रोग सल्किने जोखिम हुन्छ । दाँत सफा गराउने नाउँमा हेपाटाइटिस 'बी' जस्ता सरुवा रोग बोकेर र्फकने सम्भावना हुन्छ । त्यसैले, स्केलिङ गराउने बेला चिकित्सकलाई उपकरणहरू पूर्ण रूपमा निर्मलीकरण गरिएको/नगरिएको बारे सोध्न भुल्नु हुन्न ।
'स्केलिङ गर्ने टिप्स पूर्ण रूपमा निर्मलीकरण गरिएको हुनुपर्छ, थुक तान्ने नली हरेक पटक फेरिएको हुनुपर्छ, कुल्ला गर्न राखिएको पानी प्रशोधित हुनुपर्छ', डा. कोइराला भन्छन्, 'निर्मलीकरण लगायतको सुनिश्चितता गरेपछि मात्र स्केलिङ गराउनुपर्छ, नत्र हेपाटाइटिस 'बी' जस्ता सरुवा रोग लाग्ने सम्भावना हुन्छ ।'
दाँत सफा गराउँदा
हृदयाघात र पक्षाघातको जोखिम कम
बेलाबेलामा दाँत सफा गराउँदा हृदयाघात र पक्षाघातको खतरा घट्ने रहेछ । एक लाख व्यक्तिमा गरिएको अध्ययनमा पाइए अनुसार, दन्त चिकित्सकसँग नियमित रूपमा स्केलिङ गराउनेहरूमा हृदयाघातको खतरा २४ प्रतिशतसम्म कम हुन्छ । यस्तै, दाँतको सफाइलाई लिएर जागरुक १३ प्रतिशत व्यक्तिमा पक्षाघातको जोखिम निकै कम भयो । दाँतको स्वच्छतालाई सामान्य रूपमा लिने व्यक्तिहरूमा हृदयाघात र पक्षाघातको डर दाँत सफा गराउनेहरूको तुलनामा बढी हुन्छ । दाँत सफा नहुँदा मुटु रोगका लागि जिम्मेवार सूक्ष्म जीवको संख्यामा अत्यधिक वृद्घि हुन्छ ।