युएई, असार २१ - धेर थोर कमाएर आङ्खनो घरपरिवार लाई सुखी र खुशी बनाउने सपना बोकेर खाडी मुलुक यूएईमा आएका ५७ जना नेपाली बिभिन्न आरोपमा यहाँका जेलहरुमा कैदी जीवन बिताइरहेका छन ।
जेलजीवन बिताउँदै आएका दुई नेपालीलाई यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । मृत्युदण्डको सजाय पाउने दार्चुला ३ का अमरबहादुर बम र सखुंवासभा मत्स्यपोखरीका अनिश खालिङ राई छन ।
राईको बिषयमा भने राईले हत्या गरेका पाकिस्तानी परिवारसँगको समझदारीमा ब्लडमनी तिरेर मृत्युदण्डकोे सजाय मिनाह गर्न सकिने अवस्था छ । र त्यसका लागि विभिन्न मुलकमा रहेका नेपालीले रकम संकलन पनि गरेका छन् ।
त्यस्तै अन्य ३ जनालाई पनि यहाँको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाए पनि उपल्लो अदालतमा उनीहरुको मुद्दा बिचाराधिन छ । त्यसरी सजाय सुनाइएका नेपाली मध्ये दुई पुरुष र एक महिला छन । उनीहरुको नाम र ठेगाना सार्वजनिक गरिएको छैन ।
बाँकी ५२ जना कैदी जीवन बिताई रहेका नेपालीको बारेमा अहिलेसम्म घरमा अधिकारिक जानकारी नदिएकोले वास्तविक घर ठेगाना खुलाइएको छैन ।
युएईका बिभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा बाहिर नखुलाइको भएपनि ५७ जना नेपाली जेल सजाय भोगिरहेको युएईका लागि नेपाली राजदुत धनन्जय झाले बताउनुभयो । कर्मचारी अभावका कारण नियमित जेल भ्रमण गर्न नसकिएको भन्दै राजदुत झाले दुई महिना पहिले युएईका जेलमा रहेका नेपालीको बारे आफूले सोधखोज गरेको बताउनुभयो ।
जेलमा रहेका नेपाली मध्ये अधिकांश पुरुÈ छन । उनीहरुमध्ये धेरै मदिरा सेवनपछि गरेको सामान्य लडाईं झगडाका कारण प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि जेल चलानमा परेका हुन । थोरै लगानीमा जान पाइने खाडी मुलुकमा धेरै कमाउने उद्देश्य लिएर आएका नेपालीहरु यहाँ आएको केही महिनामै घर परिवार लाई सम्झनु भन्दा मोज मस्तीमै समय बिताउने गर्छन् ।
त्यस्तै बिदाका दिनहरुमा साथीहरुसँग बसी मदिरा सेबन गर्ने र यहाँका डान्स बारहरुमा जाने क्रममा पनि धेरै नेपाली पक्राउ पर्ने गरेको राजदुत झा को भनाइ छ । युएईको कानुनी प्राबधान बिपरित मदिरा सेबन गरी बहिर हिंडने तथा अन्य गलत कामहरुमा संलग्न भएको आरोपमा ५७ नेपालीले जेल सजाय भोग्न वाध्य भएको बताउनुभयो ।