काठमाडौं, आषाढ २१ । आयोजक ब्राजिल विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोेगिताको उपाधि दावेदार ब्राजिलले क्वार्टरफाइनलमा कोलम्बियालाई २–१ ले हरायो ।
फोर्टालेजामा गएराति भएको खेलको ७ मिनेटमै ब्राजिलले अग्रता लियो । ब्राजिलका लागि डिफेन्डर थियागो सिल्भाले पहिलो गोल गरेका हुन् । दोस्रो हाफमा पनि ब्राजिलले उत्कृष्ट प्रदर्शन कायम राख्यो । ब्राजिलका अर्का डिफेन्डर डेभिड लुइजले एक गेल थप्दै घरेलु टोलीलाई जितको नजिक पुर्याए ।
८०औं मिनेटमा कोलम्बियाले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरको उपयोग गर्दै जेम्स रोड्रिग्वेजले एक गोल फर्काउँदै टोलीको हार अन्तर कम गरे । रोड्रिग्वेजको उक्त गोल जारी प्रतियोगितामा छैटौं गोल हो ।
योसँगै उनले सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई मेस्सी, मुलर र नेइमारभन्दा २ गोल अगागि पुर्याएका छन् ।
उता, ब्राजिलका चर्चित स्ट्राइकर नेइमार घाइते भएका छन् । ढाडको हड्डी भाँचिएपछि उनलाई खेल मैदानबाट सीधै अस्पताल पुर्याइएको छ । नेइमारले अब विश्वकपका बाँकी खेल गुमाउनेछन् ।
ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेइमारको अनुपस्थितिले ब्राजिललाई विश्वकपमा कमजोर बनाउन सक्ने आंकलन गरिएको छ । (एजेन्सी)