अप्ठ्यारोमा परेका जोकोहीलाई पनि सहयोगी मानिस आवश्यक हुन्छ। सहयोगी साथीहरू छन् भने समस्या परेको समयमा पनि खासै गाह्रो हुँदैन। समस्या समाधानका अनेक जुक्ति र तरिका आउँछन्, सहयोगी व्यक्ति भए भने। मनोविज्ञान पनि सुदृढ हुन्छ। विवेकले काम गर्छ। त्यसो हो भने सकारात्मक सोचका लागि के गर्नुपर्छ त? यसका लागि निम्न पक्ष अपनाउन सकिन्छ :
नकारात्मक सोच्नेसँग संगत नगर्ने
सकारात्मक बन्नु छ भने सधैं सकारात्मक मानिसका माझमा बस्नुपर्छ। त्यसो गर्दा नकारात्मक कुराले खासै फरक पार्दैन। नकारात्मक सोच भएको मानिससँग संगतै गर्नु हुँदैन। अन्यथा त्यस्ता मानिसले तपाईंको आत्मा र विचारलाई मूल्यविहीन बनाइदिन सक्छन् र तपाईंलाई पनि आफूजस्तै नकारात्मक सोच्ने बनाइदिन सक्छन्। तर, सकारात्मक सोच भएका मानिससँगको संगतले तपाईंको जीवन अझ चम्किलो र मूल्यवान् बनाउँछ। यस्ता संगतले तपाईंको जीवनमा आशाका किरणहरू देखिनेछन्। यसका लागि आफैं सकारात्मक बन्नु आवश्यक हुन्छ।
सन्तुष्ट हुन सिक्ने
सकारात्मक सोचका लागि मानिसले आफूसँग जे छ त्यसैसँग सन्तुष्ट हुन सिक्नुपर्छ। धेरै मानिस आफूसँग भएको महत्त्वपूर्ण कुरालाई महत्त्व नदिइरहेका देखिन्छन्। बूढापाका भन्छन् नि- माल पाएर चाल नपाएको। सकारात्क सोचका लागि स्वास्थ्य, जागिरजस्ता कुरालाई महत्त्व दिनुपर्छ। त्यसैले आफूसँग भएका राम्रा पक्षहरूको सम्मान गर्न पनि सिक्नुपर्छ। सधैं यो भएन त्यो भएन भनेर असन्तुष्टि देखाउन हुन्न। आफ्ना मिल्ने साथीसँग आफूमा भएका राम्रा गुणका बारेमा भलाकुसारी गरिरहनुपर्छ। यस्तै क्रियाकलापले जीवनमा अलिअलि गर्दै खुसियाली थप्दै लैजान्छ।
शारीरिक कसरत गर्ने
अप्ठ्यारा समय भए पनि आफूलाई मानसिक रूपमा निश्चिन्त बनाउन शारीरिक कसरत आवश्यक हुन्छ। कसरत गर्नु भनेको आफूलाई स्फूर्त र स्वस्थ राख्नु हो। कसरत गर्दा सकारात्मक सोचको विकास हुन्छ। यसले प्राकृतिक रूपमा दिमागमा सकारात्मक सोच भरिदिन्छ। कसरत गर्दा शारीरिक, मानसिक अनि भावनात्मक रूपमा उत्तिकै फाइदा पनि हुन्छ। यसो भएपछि तनाव पनि टाढा भाग्छ। यसका लागि घरवरिपरि बगैंचा वा पार्कमा हिँड्न सकिन्छ। बिहानै दौडन सकिन्छ। केही समय ध्यान गर्दा पनि यसले सकारात्मक सोच निर्माणका लागि ठूलो सहयोग पुर्याउँछ।-एजेन्सीको सहयोगमा