Headlines News :
fb
Home » » जबर्जस्ती गर्न खोज्दा लिंग काटियो

जबर्जस्ती गर्न खोज्दा लिंग काटियो

विराटनगर, साउन १६ – सप्तरीमा एक महिलाले आफुमाथि जबर्जस्ती गर्न खोज्ने पुरुषको लिङ्ग काटिदिएकी छन् ।
सप्तरी जोगबनिया १ बस्ने ५० वर्षका रामकृष्ण मण्डलले जबर्जस्ती गर्न खोजेपछि ३५ वर्षकी महिलाले लिङ्ग काटिदिएको प्रहरीले जनाएको छ ।
घरमा श्रीमान नभएको मौका छोपी आएका मण्डलले जबर्जस्ती गर्न खोजेपछि लिङ्ग काटिदिएको महिलाले इलाका प्रहरी कार्यालय हनुमाननगरमा बयान दिएकी छन् । उनीहरु दुवै छिमेकी हुन्’ इलाका प्रहरी कार्यालयका इन्चार्ज बोदन प्रधानले भन्नुभयो ‘मण्डलको श्रीमती घरमा नभएको र ती महिलाको पनि श्रीमान नभएको बेलामा घटना भएको हो ।’
महिलामाथि पहिले पनि भएको यौन दुर्ब्यबहारको घटना गाउँलेले मिलाउन खोजेका थिए । तीन पटक भन्दा बढी यस विषयमा गाउँलेको बैठक बसेको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक प्रधानले पहिले पनि इलाका प्रहरीमा उजुरी आएको र अहिले घटना घट्नुमा प्रमाण देखाउनका लागि हुन सक्ने बताउनुभयो ।
घाइते मण्डललाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा लगिएको छ । महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar