'सुनकोशीले सर्वस्व लुट्यो, राहत होइन, पढ्न पाए हुन्थ्यो'
२१ साउन, कागुने (माम्खा), सिन्धुपाल्चोक । चौध वर्षीय सुवास तामाङको अब आफ्नो भन्ने केही बाँकी रहेन । साउन १६ गतेको मध्यरात उनका लागि कहिल्यै बिर्सन नसक्ने कालो रात बन्यो । सिन्धुपाल्चोकको राम्चे गाविसस्थित भट्टेडाँडामा मध्यरातमा गएको पहिरोले कागुनेस्थित उनको घरमा रहेका सबैको एकै चिहान बनायो । सुवासको भाग्यमा भने बाँच्न लेखेको रहेछ, त्यही दिन उनी क्षमादेवी मन्दिर जाने भन्दै बाह्रबिसेमा आफन्तको घरमा गएकाले त्यो परिवारमा उनी मात्र जीवित रहे ।
‘मेरो त अब सबै सकियो, अब मेरो आफ्नो भन्ने यो संसारमा केही छैन’ उनले भने ‘बस्ने घर छैन, पढ्ने स्कूल छैन, मुख्य कुरा त मेरो परिवारनै छैन’ । उनी त्यस दिन बुबा, जंगबहादुर, आमा सिर्जना र दिदी सुस्मितासँग बिदा भएर क्षमादेवी मन्दिर घुम्ने र आफन्तको घरमा बस्ने भन्दै घरबाट निस्किएका थिए । त्यही बिदाइ अन्तिम भयो उनका लागि । मध्यरातमा उनलाई घर पहिरोले लग्यो भन्ने खबर पुगेपछि बिहानको राति ३ बजे जंगल र गाऊको बाटो हुँदै उनी घटनास्थलमा पुगे । घटनास्थल भन्नुमात्र थियो, उनी फर्किंदा न त उनले खाई खेली गरेको गाउँ थियो, न त आफन्त नै । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको क्याम्पमा शरण लिइरहेका सुवासले अनलाइनखबरकर्मीसँग भने ‘मेरा घर कहाँनिर थियो भन्ने नामोनिशान थिएन, तै भागेर बाँचे कि भनेर बुबा र दिदीको मोबाइलमा डायल गरेँ, तर सम्पर्क हुन सकेन’ ।
उनका बुबा आमा र दिदी निर्दयी पहिरोसँगै कहिल्यै सम्पर्क नहुने गरि बिलिन भइसकेका थिए । अब यो संसारमा उनको आफ्नो भन्ने कोही पनि बाँकी छैन । अब कहाँ जाने, कहाँ पढ्ने, के गर्ने भन्ने उनलाई केही पनि थाहा छैन । ‘मेरो त अब केही बाँकी छैन, मेरो भाग्य लुटियो’ भक्कानिएका सुवासले यतिमात्र भने । उनको घर कागुनेबाट केही तल कोदारी राजमार्ग र सुनकोशी नदी बीचमा रहेको वनसाँघु माविको पनि पहिरोमा पुरिएर अस्थित्व नामेट भइसकेको छ ।
आठ कक्षाका विद्यार्थी सुवास उनकी दिदी सुष्मितासँगै स्कूल जाने गर्थे । तर, दिदीसहित उनको स्कूलका कम्तिमा ३५ सहपाठीहरु उनले गुमाएका छन् । ‘अब यो स्कूल फेरि बन्छ र पढाइ हुन्छ भन्ने विश्वास छैन’ उनीसँगै रहेका विद्यालय व्यवस्थापन समितिका सदस्य रामबहादुर तामाङले भने । सुवासले परिवार र आफन्तसँगै भएभरको सबै सम्पत्ति पनि गुमाइसकेका छन् । अब उनको अगाडि सिंगो भविष्य पहाड बनेर उभिएको छ । तर, यसलाई पार लगाउने उपाय उनीसँग छैन । ‘अरु सबै गुमाइसकेँ, कसैले केही गर्न सक्दैनन्’ सुवासले भने ‘अब पढ्न पाइएला कि नपाइएला यही चिन्ता छ’ ।
अरुले राहत र पुनस्र्थापनाको प्रतिक्षा गरिरहँदा यी अवोध बालक सुवास भने सरकारले पढ्ने व्यवस्था गरिदिन्छ कि भन्ने आशमा छन् । ‘म सबै गुमाइसकेको मान्छेलाई राहत चाहिँदैन, पढाइदिने कोही भए हुन्थ्यो’ उनले भने । सुवासको अभिभावकत्व लिने मान्छे पनि अहिले कोही छैन, किनकि सिंगो गाउँ नै पहिरोले लगेकाले आफन्त बाँकी छैनन् । घर बाहिर भएका कारण बाँचेका ६ जना गाउँले आफन्तसँगै रहेका उनको पढाइ लेखाइ र भविष्यको जिम्मा लिने हैसियत उनीहरुसँग छैन ।
‘हामी आफैं सर्वस्व गुमाएर सुकुम्बासी भएका छौं यो बच्चाको जिम्मा कसले लिने ?’ उनीसँगै रहेका बुद्ध तामाङले भने । पहिरोले कागुने गाउँका २२ घर तामाङ वस्ती सखाप पार्दा ७१ जना बेपत्ता भएका छन् । विभिन्न कारणले त्यस दिन घरमा नरहेका सुवाससहित ७ जना मात्र जीवित छन् । जीवित रहेकाले पनि परिवार र घरमात्र होइन, गरीखाने खेतीबारी सबै गुमाएका छन् । उनीहरुको पुनस्र्थापना अहिले चुनौतिपूर्ण, तर अनिवार्य बनेको छ ।