Headlines News :
fb
Home » » सिन्धुपाल्चोकको पहिरोमा हराएका सबै १२३ जना मृत घोषित

सिन्धुपाल्चोकको पहिरोमा हराएका सबै १२३ जना मृत घोषित

काठमाडौ, साउन २१ – सिन्धुपाल्चोक मांखा जुरेमा शनिबार पहिरोमा परी बेपत्ता भएका सबैलाई स्थानीय प्रशासनले मृत घोषित गरेको छ ।
पहिरोमा हराइरहेका एक सय २३ जनालाई मृत घोषित गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिनुभयो । यसअघि ३३ जनाको शव भेटिएको थियो । यो समेत सिन्धुपाल्चोकको पहिरोमा ज्यान गुमाउनेको संख्या १ सय ५६ पुगेको छ ।
हराइरहेकाहरु जिउँदो भेटिने सम्भावना कम हुँदै गएपछि परिवारले काजक्रिया समेत गर्न थालेकाले बेपत्ता सबैलाई मृत घोषित गरेर परिवारलाई राहत वितरण समेत थालिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
शनिबार मांखा गाविसको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुन्दा हराएका केही मानिसका आफन्तले मंगलबार कुशको शव बनाएर अन्तेष्टी गरेका थिए ।
यसैबीच थुनिएको सुनकोशी नदीको पानीलाई थप सामान्य रुपमा बग्ने बनाउन प्रयास सुरु भएको छ । ड्रिल मेसिनको सहयोगले ताल बनेको पानी खुलाउने प्रयास भैरहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्तर्गतको आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख झम्कनाथ ढकालका अनुसार प्राविधिक टोलीले विहानैदेखि काम थालेको छ । मौसमले साथ दिएकाले काम सहज भएको उहाँले बताउनुभयो । वर्षा भएन भने तल्लो क्षेत्रमा असर नपर्नेगरी थुनिएको पानीको बहाव बिस्तारै बढाउन सकिने उहाँको भनाई छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाले त्यस क्षेत्रमा आज हल्का पानी पर्ने जनाएको छ । ताल बनेको पानीलाई सहज रुपमा निकास दिन भने अझै केही दिन लाग्ने गृह मन्त्रालयले जनाएको छ । ताल बनेको पानी एकैपल्ट खुलाउँदा तलतिरको बस्तीलाई असर गर्ने भएकाले थोरै थोरै निकास गराउँदा अझै ५÷६ दिन लाग्न सक्ने मन्त्रालयका सहसचिव यादव कोइरालाले जानकारी दिनुभयो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar