काठमाडौं- सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स, फोसफामिडनजस्ता प्रतिबन्धित विषादी खुलेआम प्रयोग भइरहेको एक सरकारी अध्ययनले देखाएको छ।
'छिट्टै कीरा मार्न र छोटो अवधिका तरकारीको उत्पादन ह्वात्तै बढाउन प्रतिबन्धित औषधि प्रयोग गर्ने प्रवृत्ति छ,' बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले हालै गरेको अध्ययनको निचोड छ, 'व्यावसायिक लाभका लागि किसानले यस्ता विषादी प्रयोग गरेर गल्ती गरिरहेका छन्।'
अध्ययनको नतिजाअनुसार धादिङ, काभ्रे र बाराका किसानले अधिक मात्रामा यस्ता प्रतिबन्धित विषादी प्रयोग गरिरहेका छन्। यी तीन जिल्लाका ६ प्रतिशत किसानले घातक प्रतिबन्धित विषादी प्रयोग गरिरहेको अध्ययनले देखाएको छ। छोटो समयमा धेरै फल्ने गोलभेँडा, खुर्सानी, बोडी, भन्टालगायत तरकारीमा यसको प्रयोग बढी छ। उल्लिखित विषादीले मस्तिष्कघात र क्यान्सरजस्तो घातक रोग लाग्ने खतरा हुन्छ।
सरकारले यही देखेर सन् २००१ देखि २०१२ सम्म १५ वटा घातक विषादी आयातमा प्रतिबन्ध लगाएको हो। एग्रोभेट तथा सीमाका किसानले भने भारतबाट यस्ता विषादी आयात गरेर प्रयोग गरिरहेको कार्यक्रम निर्देशक शर्माले जानकारी दिए।
तराईका जिल्लामा सञ्चालित एग्रोभेटले भारतीय नाकाबाट सस्तोमा प्रतिबन्धित विषादी आयात गरी धादिङ र काभ्रे जिल्लामा पठाउने गरेको कृषि विकास मन्त्रालय स्रोतको भनाइ छ। 'कालिमाटीमा आएको तरकारीमा कुन विषादी प्रयोग भएको छ भन्ने थाहा हुँदैन,' मन्त्रालयका एक अधिकारीले भने, 'कुन तरकारीमा कति विषादी छ भन्ने मात्रै थाहा हुन्छ।'
सरकारले हालसम्म १ सय ८ वटा विषादी दर्ता गरेको छ। तीबाहेक धेरैथरीका विषादी नेपाल भित्रिने गरेका छन्। प्रतिबन्धित पनि बजारमा सजिलै पाइन्छन्। शर्माका अनुसार यस्ता विषादीयुक्त तरकारी कतिपय किसान आफैं भने प्रयोग गर्दैनन्।
'धादिङ, काभ्रे र बाराका १३ प्रतिशत किसानले प्रतिबन्धित घातक विषादी हालेका तरकारी आफू नखाने गरेका छन्,' शर्माको अध्ययन भन्छ, 'उनीहरू आफूले खाने र बजारमा बिक्रीका लागि लैजाने दुईथरी तरकारी उत्पादन गर्छन्।'
तरकारी फलिसकेपछि यस्ता विषादी प्रयोग गर्ने प्रवृत्ति छ। यसका लागि निश्चित विधि पालना गर्नुपर्छ। कुन विषादी छरेपछि कति समय त्यत्तिकै छाड्नुपर्छ भन्ने ख्याल गरिनुपर्छ। कुर्ने समयअघि नै तरकारी टिपेर बजार लैजाँदा समस्या आएको शर्मा बताउँछन्।
काठमाडौंमा सबैभन्दा बढी तरकारी भित्रिने काभ्रे, धादिङ, बारा लगायत जिल्लामै घातक प्रतिबन्धित विषादी प्रयोग हुँदै आएको अध्ययनले देखाएको छ। यी तीन जिल्लाबाट मात्रै कालिमाटीमा आपूर्ति हुने कुल तरकारीको २५ प्रतिशत बजार ओगटेको मन्त्रालयले जनाएको छ।
सरकारले विषादी प्रयोगबारे चेतना फैलाउन स्थानीय तहमा कार्यक्रम लैजाँदैछ। पहिलो चरणमा धादिङ, काभ्रे र बारामा लैजाने मन्त्रालयको योजना छ।
कालिमाटीस्थित तरकारी बजारमा असार ४ यता परीक्षणका रूपमा तरकारीको विषादी मात्रा मापन गरिँदै आएको छ। 'एउटा मात्र नमूना लिएर तरकारीमा भएको विषादी परीक्षण गर्दा न नष्ट गर्न मिल्छ, न बिक्री गर्न रोकिएको छ,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले नागरिकसँग भने, 'ठूलो परिमाणमा विषादी मापन गर्न नसक्दा खुलेआम विषादीयुक्त तरकारी बिक्री भइरहेको छ।' कार्यक्रम प्रभावकारी बनाउन गठित सरकारी समितिमा अधिकारकर्मीका तर्फबाट मञ्चलाई पनि राखिएको छ।