पाँचथर, साउन ६ – मध्य पहाडी लोकमार्गले छोएका अरु ९ शहरजस्तै पाँचथर सदरमुकाम फिदिमलाई पनि सरकारले नमुना शहर घोषणा गरेको छ ।
नमूना शहरको उपमा पाएपछि यतिबेला फिदिमका बासिन्दा निकै खुशी छन् भने पुर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । तर, नमूना शहर फिदिमको वास्तविक नमुनाको पाटो भने अर्कै छ ।
नमुना शहर फिदिममा शुद्ध खानेपानी र खाना पकाउने ग्यासको चरम अभाव छ । सहज रुपमा खानेपानी र ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ताहरु हैरान छन् । उपभोक्ताले ग्यास पसल अगाडि हप्तौंदेखि सिलिण्डरको लाइन लगाएर राखेका छन् । बजारमा सहज रुपमा ग्यास नपाएपछि पहूँच हुनेले जिल्ला बाहिरबाट मगाउने गरेका छन् भने विद्यार्थीहरु कोठा छाडेर आफन्तकोमा शरण लिन पुग्छन् । बजारमा ग्यासको चरम अभाव हुँदा पनि समाधानका लागि कसैले चासो नदिएको उपभोक्ताहरुको गुनासो छ ।
कहिलेकाहीँ उद्योगमै ग्यास सकिने गरेकाले बजारमा सहज रुपमा आपुर्ति हुन नसकेको जिल्लाका आधिकारिक विक्रेता प्रकाश तिमल्सेना बताउनुहुन्छ । ‘एक बर्ष यता उद्योगको गाडीले ग्यास ढुवानी गर्दैन’ उहाँले भन्नुभयो ‘अन्य साना गाडीबाट ढुवानी गर्नुपर्छ, कहिले गाडीको रुट नमिलेका कारण सहज रुपमा आपुर्ति नभएको हो ।’ बजारमा प्रिमा, कोसी, मेची, त्रिशक्ति, कन्काई र पराजुली गरी २५ सय ग्यासका ग्राहक छन् ।
ग्यास जस्तै खानेपानीको अभवा पनि चुलिएको छ । झण्डै दुई दशकअघि निर्माण भएको खानेपानीको पुरानो आयोजनाले बजारको माग धान्न नसकेपछि बजारमा खानेपानीको अभाव भएको हो । वर्षायाममा केही मात्रामा पानी आएपनि पूरै अस्वस्थकर पानी आउने गरेको उपभोक्ताहरु बताउँछन् । सुख्खायाममा एक गाग्रो पानी थाप्न घण्टौसम्म धारामा कुर्नुपर्ने फिदिमकी तुलसा तामाङले बताउनुभयो ।
फिदिमको वडा नं. १ देखि ५ सम्मका बासिन्दालाई सहज रुपमा खानेपानी आपूर्ति गर्न बृहत खानेपानी आयोजनाको काम सञ्चालन गरिएपनि निर्धारित समयमा काम नसकिएपछि अभाव बढेको हो । एसियाली विकास बैंककोे १४ करोड ९५ लाख ८० हजार ८० रुपैयाँको लगानीमा १ हजार ६ सय ५ धारा जडान गरी सदरमुकामका साढे १० हजार बासिन्दालाई पानीको सहज आपुर्ती गर्ने उद्देश्यले थालिएको खानेपानी आयोजनाको काम समयमा सपन्न नहुँदा सदरमुकामबासीले दुख पाएका हुन् ।
शर्मा/महादेव खिम्ती जेभी कम्पनीले आयोजनाको जिम्मा लिएको थियो । शहरमा आगामी ३० वर्षसम्मको लागि खानेपानी समस्या समाधान हुने गरी आयोजनाको काम सुरु गरिएको थियो । रानीटार र लुङरुपा गाविसको बीचमा पर्ने आप्तुवा खोलाकोमा मुहान थापिएको आयोजनको म्याद सकिँदासम्म ३० प्रतिशत मात्र काम भएको छ ।
शहरमा जनसंख्याको बढ्दो चापका कारण पुरानो खानेपानीको स्रोत नै थेग्न नसकेपछि उपभोक्ताहरु काकाकुल बन्न पुगेका खानेपानी उपभोत्ता समितिको कोषाध्यक्ष महेन्द्र नेम्वाङको भनाई छ । बृहत खानेपानी आयोजनाको काम भने अहिले अलपत्र अवस्थामा पुगेको छ । जसले गर्दा तक्काल पानीको सहज आपुर्ति नहुने भएको छ । त्यसैले नमूना शहर अभावको नमूना जस्तो बनेको छ ।
नमूना शहरको उपमा पाएपछि यतिबेला फिदिमका बासिन्दा निकै खुशी छन् भने पुर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । तर, नमूना शहर फिदिमको वास्तविक नमुनाको पाटो भने अर्कै छ ।
नमुना शहर फिदिममा शुद्ध खानेपानी र खाना पकाउने ग्यासको चरम अभाव छ । सहज रुपमा खानेपानी र ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ताहरु हैरान छन् । उपभोक्ताले ग्यास पसल अगाडि हप्तौंदेखि सिलिण्डरको लाइन लगाएर राखेका छन् । बजारमा सहज रुपमा ग्यास नपाएपछि पहूँच हुनेले जिल्ला बाहिरबाट मगाउने गरेका छन् भने विद्यार्थीहरु कोठा छाडेर आफन्तकोमा शरण लिन पुग्छन् । बजारमा ग्यासको चरम अभाव हुँदा पनि समाधानका लागि कसैले चासो नदिएको उपभोक्ताहरुको गुनासो छ ।
कहिलेकाहीँ उद्योगमै ग्यास सकिने गरेकाले बजारमा सहज रुपमा आपुर्ति हुन नसकेको जिल्लाका आधिकारिक विक्रेता प्रकाश तिमल्सेना बताउनुहुन्छ । ‘एक बर्ष यता उद्योगको गाडीले ग्यास ढुवानी गर्दैन’ उहाँले भन्नुभयो ‘अन्य साना गाडीबाट ढुवानी गर्नुपर्छ, कहिले गाडीको रुट नमिलेका कारण सहज रुपमा आपुर्ति नभएको हो ।’ बजारमा प्रिमा, कोसी, मेची, त्रिशक्ति, कन्काई र पराजुली गरी २५ सय ग्यासका ग्राहक छन् ।
ग्यास जस्तै खानेपानीको अभवा पनि चुलिएको छ । झण्डै दुई दशकअघि निर्माण भएको खानेपानीको पुरानो आयोजनाले बजारको माग धान्न नसकेपछि बजारमा खानेपानीको अभाव भएको हो । वर्षायाममा केही मात्रामा पानी आएपनि पूरै अस्वस्थकर पानी आउने गरेको उपभोक्ताहरु बताउँछन् । सुख्खायाममा एक गाग्रो पानी थाप्न घण्टौसम्म धारामा कुर्नुपर्ने फिदिमकी तुलसा तामाङले बताउनुभयो ।
फिदिमको वडा नं. १ देखि ५ सम्मका बासिन्दालाई सहज रुपमा खानेपानी आपूर्ति गर्न बृहत खानेपानी आयोजनाको काम सञ्चालन गरिएपनि निर्धारित समयमा काम नसकिएपछि अभाव बढेको हो । एसियाली विकास बैंककोे १४ करोड ९५ लाख ८० हजार ८० रुपैयाँको लगानीमा १ हजार ६ सय ५ धारा जडान गरी सदरमुकामका साढे १० हजार बासिन्दालाई पानीको सहज आपुर्ती गर्ने उद्देश्यले थालिएको खानेपानी आयोजनाको काम समयमा सपन्न नहुँदा सदरमुकामबासीले दुख पाएका हुन् ।शर्मा/महादेव खिम्ती जेभी कम्पनीले आयोजनाको जिम्मा लिएको थियो । शहरमा आगामी ३० वर्षसम्मको लागि खानेपानी समस्या समाधान हुने गरी आयोजनाको काम सुरु गरिएको थियो । रानीटार र लुङरुपा गाविसको बीचमा पर्ने आप्तुवा खोलाकोमा मुहान थापिएको आयोजनको म्याद सकिँदासम्म ३० प्रतिशत मात्र काम भएको छ ।