
१. कफी एन्टी अक्सिडेन्ट तत्वको भरपर्दो श्रोत हो । यो तत्वले छालामा चाउरीपना, बुढ्यौलीका लक्षण देखिनबाट रोक्दछ । साथै एन्टीअक्सिडेन्टले छालाको कोषको क्षयिकरणको दर पनि घटाउनुका साथै विभिन्न खाले प्रदुषक तत्वबाट छालामा हुने हानीबाट समेत सुरक्षा प्रदान गर्दछ । कफीमा हुने एन्टी अक्सिडेन्टले छालाको प्राकृतिक सुरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।
२.कफीको नियमित सेवनले घाममा हुने परावैजनी किरणबाट छालामा पर्ने हानीबाट समेत जोगिन सघाउ पुग्ने वैज्ञानिकहरु बताउँछन् । परावैजनी किरणले छालालाई नराम्रो असर पूराएर क्यान्सर जस्ता जटिल रोग समेत निम्ताउने जोखिम हुन्छ । तर कफीमा भएको क्याफाइन तत्वले छालालाई विकिरणबाट सुरक्षा कवच प्रदान गर्छ । यसका साथै क्याफाइनले डिएनए क्षयिकरणको दर पनि घटाउँछ । यसका साथै कफीले छालामा क्यान्सर प्रतिरोधी क्षमताको समेत विकाश गर्न मद्दत पूराउँछ ।
३. छालालाई मुलायम र चम्किलो बनाउन पनि कफीले मद्दत पूराउँछ । कफीमा हुने तत्वले नष्ट भएको तन्तुको पुननिर्माणमा सहयोग गर्छ । कोषको पुनः वृद्धिमा सघाउँछ र छालामा कोलाजेन फाइबरको तह बढाउँछ । यसका कारण छालाको लचिलोपना बढ्नुका साथै चम्किलो पनि बन्दछ ।
४. रक्तसंचारलाई स्वस्थ तथा दुरुस्त बनाउनका लागि समेत कफीले भूमिका खेल्दछ । कफीमा हुने तत्वले रक्तनलीमा रगतको संचारलाई स्वस्थ तवरबाट संचालन गर्न सहयोग गर्दछ जसका कारण छालाका कोषिकामा पर्याप्त अक्सिजन तथा उर्जा पुग्दछ र छाला स्वस्थ बन्दछ ।