Headlines News :
fb
Home » , » विश्वकपमा चम्किनसक्ने सम्भावित २५ खेलाडी

विश्वकपमा चम्किनसक्ने सम्भावित २५ खेलाडी



ब्राजिल विश्वकपमा ३२ देशका ७ सय ३६ खेलाडी सहभागी बन्दैछन् तर यि मध्ये विश्वकपमा उत्कृष्ट खेल देखाएर चम्किन सक्ने २५ खेलाडीहरु यसप्रकार छन् :

क्रिस्टियानो रोनाल्डो
फरवार्ड, पोर्चुगल
खेल : ११०, गोल : ४९
क्लब : रियल म्याडि्रड
पछिल्लो सिजनका सर्बोत्कृष्ट खेलाडी रोनाल्डोकै उत्कृष्ट खेलले पोर्चुगललाई विश्वकप पुर्‍याएको हो । रियल म्याडि्रडलाई युरोपेली च्याम्पियन बनाएका उनको स्पिड, स्किल र पावरले धेरै डिफेन्सलाई दुख दिनेछन् । उनी पोर्चुगलका सर्बाधिक गोलकर्ता पनि हुन् । यी फिफा बर्ष खेलाडीले रियलका लागि यो सिजन ४७ खेलमा ५१ गोल गरे । विश्वकप छनोटको प्ले-अफमा स्वीडेनविरुद्ध ह्याटि्रकसहित ८ गोल गरेका थिए ।

लियोनल मेसी
फरवार्ड, अर्जेन्टिना
खेल : ८६, गोल : ३८
क्लब : बार्सिलोना
चारपल्टका बर्ष खेलाडीको अवार्ड जितेका मेसी चोटमुक्त भएर फर्केपछि करिअरकै उत्कष्ट लयबाट अलि पछाडि नै छन् । तैपनि उनले बासिलोनाको लागि गर्दै आएको प्रदर्शन अर्जेन्टिनी जर्सीमा पनि देखाउन सक्छन् । उनले यो सिजनको क्लब फुटबलमा ४६ खेलमा ४१ गोल गरे । उनले दक्षिण अमेरिकी विश्वकप छनोटमा १० गोल गर्दै आफ्नो कप्तानीमा अर्जेन्टिनालाई शीर्षस्थान दिलाएका थिए ।


नेयमर
फरवार्ड, ब्राजिल
खेल : ४९, गोल : ३१
क्लब : बार्सिलोना
नेयमरले स्पेनी क्लब बार्सिलोनामा पहिलो सिजन खासै राम्रो प्रभाव देखाएनन् । उनले राष्ट्रिय टिमबाट भने निरन्तर उत्कृष्ट खलीरहेका छन् । उनी स्किलफुल छन् । कन्फेडेरेसन्स कपजस्तै विश्वकपमा पनि ब्राजिललाई च्याम्पियन बनाउने दबाब उनमा छ । उनले बार्सिलोनासँगको पहिलो सिजनमा ४१ खेल खेल्दै १५ गोल मात्र गरेका छन् ।

लुईस सुआरेज
फरवार्ड, उरुग्वे
खेल : ७७, गोल : ३८
क्लब : लिभरपुल
इङलिस पि्रमियर लिगमा सर्बाधिक ३१ र विश्वकप छनोटमा ११ गोल गरेका उनी विवादास्पद तर विश्वकै उत्कष्ट फरवार्ड हुन् । लिभरपुलसँग आबद्ध उरुग्वेका यी सर्बाधिक गोलकर्ता खेलाडीले चोटमुक्त हुदै विश्वकपमा उरुग्वेलाई डोर्‍याउने अपेक्षा गरिएको छ ।

डिएगो कोस्टा
फरवार्ड, स्पेन
खेल : १
क्लब : एट्लेटिको म्याडि्रड
आफू जन्मिएको देश ब्राजिलको जर्सी मैत्रीपूर्ण खेलमा लगाएपनि नागरिकता फेर्दै स्पेनी टिम रोजेका कोस्टा चोटमुक्त छैनन् । तैपनि टिममा समावेश उनी स्पेनको अग्रपंक्तिका मुख्य खेलाडी हुन् । उनले यो सिजन एट्लेटिको म्याडि्रडबाट ३६ गोल गरे । उनी स्पेनी लिगमा रोनाल्डो र मेसीपछि धेरै गोल गरेका खेलाडी हुन् ।

टिबाउट कोर्टियस
गोलकिपर, वेल्जियम
खेल : १६
क्लब : एट्लेटिको म्याडि्रड
कोर्टियसले चेल्सीबाट लोनमा स्पेनी क्लब एट्लेटिको म्याडि्रड गएपछि खेल निखार्दै विश्वकै उत्कृष्ट किपरमा आफूलाई उभ्याएका छन् । ला लिगा च्याम्पियनसँगै  एट्लेटिकोलाई च्याम्पियन्स लिग फाइनल पुर्‍याएका यी ६ फिट ६ इन्चका किपरले वेल्जियमको विश्वकप यात्रा सुखद् पार्नसक्छन् ।

जेम्स रोडि्रग्वेज
मिडफिल्डर, कोलम्बिया
खेल : २२, गोल : ५
क्लब : मोनाको
रोडि्रग्वेजले प|mेन्च क्लब मोनाकोलाई लिग वान र कोलम्बियालाई विश्वकपको दक्षिण अमेरिकी छनोटमा उपविजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले चोटका कारण गुमाएका फरवार्ड राडामेल फाल्काओ बिना पनि कोलम्बियालाई विश्वकपमा सुखद् यात्रा गराउन सक्नेछन् ।

आन्द्रेस इनिस्टा
मिडफिल्डर, स्पेन
खेल : ९५, गोल : १२
क्लब : बार्सिलोना
बार्सिलोनाका छरिता मिडफिल्डर इनिस्टाले चार बर्षअघि फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमा निणर्ायक गोल गर्दै स्पेनलाई पहिलोपल्ट विश्वकप विजेता बनाएका थिए । उच्च लयमै रहेका उनी स्पेनको उपाधि रक्षा अभियानका मुख्य खेलाडी हुन् ।

रोबिन भान पर्सी
फरवार्ड, नेदरल्यान्ड्स
खेल : ८४, गोल : ४३
क्लब : म्यानचेस्टर युनाइटेड
डच लिजेन्ड मार्को भान बास्टेनजस्तै खेल्ने रोबिन भान पर्सी अन्तर्राष्ट्रिय फुटबलमा नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता हुन् । चोटमुक्त हुन संघर्षरत् उनी पूर्ण स्वस्थ भएर ब्राजिलमा खेलेमा नेदरल्यान्ड्सको अग्रपंक्ति निक्कै मजबुत हुनेछ । उनले विश्व्कप छनोटमा सर्बाधिक ११ गोल गरेका थिए ।
१०
मिरोस्लाभ क्लोज
फरवार्ड, जर्मनी
खेल : १३२, गोल : ६९
क्लब : लाजियो
मिरोस्लाभ क्लोज विश्वकप फुटबलको २० औं स.स्करण सुरु हुनु चार दिनअघि मात्र जर्मनीका सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् । चोटमुक्त हुदै मैदानमा फर्केका उनले आफ्नो गोल संख्या ६९ पुर्‍याउँदै गर्ड मुलरको रेकर्ड तोडेका हुन् । उनी विश्वकप इतिहासकै सर्बाधिक गोल गर्ने खेलाडी यसैपाली बन्नसक्नेछन् । उनले १४ गोल गरेका छन् । अहिलेको रेकर्ड १५ गोल गरेका ब्राजिलका रोनाल्डोको नाममा छ । उनी जर्मन टिममा समावेश एक्लो फरवार्ड हुन् ।
११
याया टुरे
मिडफिल्डर, आइभरीकोस्ट
खेल : ८२, गोल : १६
क्लब : म्यानचेस्टर सिटी
टुरेले २० गोल गर्दै म्यानचेस्टर सिटीलाई पि्रमियर लिग च्याम्पियन बनाउन मिडफिल्डमा उत्कृष्ट खेल पस्किए । ६ फिट ३ इन्चका उनी गोलका लागि बल दिन पनि सिपालु छन् । उनी पि्रमियर लिगकै उत्कृष्ट मिडफिल्डर हुन् ।
१२
इडन हाजर्ड
मिडफिल्डर, वेल्जियम
खेल : ४५, गोल : ६
क्लब : चेल्सी
इङलिस प्रिमियर लिगको क्लब चेल्सीमा पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरेका हाजर्ड २३ बर्षका मात्र छन् । तर, उनी विश्वकै उत्कृष्ट खेलाडी बन्नको लागि क्षमतावान् छन् । ब्राजिलको मैदानमा वेल्जियमको प्लेमेकर उनी नै हुनेछन् ।
१३
इडिन जेको
फरवार्ड, बोस्निया एन्ड हर्जगोभिना
खेल : ६२, गोल : ३५
क्लब : म्यानचेस्टर सिटी
बोस्नियाको अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्बाधिक गोलकर्ता हुन्, जेको । ६ फिट ४ इन्च अग्ला उनी अपत्यारिलो रुपमा बललाई पोष्टको दिशा दिन सिपालु छन् । उनले छनोटमा १० गोल गर्दै मुख्य भूमिका निर्वाह गरेपछि बोस्नियाले पहिलोपल्ट विश्वकप खेल्न लागेको हो । म्यानचेस्टर सिटीको लागि पछिल्लो सिजन उनले २६ गोल गरेका छन् ।
१४
ल्युका मोडरिच
मिडफिल्डर, क्रोएसिया
खेल : ७५, गोल : ८
क्लब : रियल म्याडि्रड
स्पेनी महारथी रियल म्याडि्रडलाई युारेपेली च्याम्पियन्स जिताउन मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्, मोडरिच । उनी मिडफिल्डमा जम्दै गोलको अवसर सिर्जना गर्न माहिर छन् । उनी क्रोएसियाले निक्कै आस गरेका खेलाडी हन् ।
१५
आन्द्रेय पिर्लो
मिडफिल्डर, इटाली
खेल : १०८, गोल : १३
क्लब : युभेन्ट्स
सन् २००६ को विश्वकप विजेता इटालीको टिमका मुख्य सदस्य पिर्लो ३५ बर्षको पाको उमेरमा पनि मैदानमा अझै उस्तै प्रभावशाली छन् । उनकै प्रेरणामा युभेन्ट्सले लगातार दोस्रो बर्ष इटालियन सिरि 'ए' जित्यो । उनले विश्वकपमा पनि उस्तै स्तरमा प्रदर्शन गर्ने आस छ ।

१६
पउल पोग्बा
मिडफिल्डर, फ्रान्स
खेल : ९, गोल : २
क्लब : युभेन्ट्स
म्यानचेस्टर युनाइटेडमा खेल्ने अवसर नपाएर सन् २०१२ मा युभेन्ट्स पुगेका मिडफिल्डर हुन्, पोग्बा । युभेन्ट्स पुगेलगत्तै उनले प्रभाव देखाउन थाले । लगातार दुईपल्ट इटालियन सिरि 'ए' नै जिते । लामा खुट्ट भएका २१ बषर्ीय उनले विशेष खुबी देखाउँदै लामो दूरीबाट आकर्षक गोलहरु गरेका छन् । 'पावर र सुन्दर टेक्निक प्रयोग गर्दै उनले राम्रो खेलाडी भएको पुष्टि गरिरहेका छन्,' प|mान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पले भने, 'राम्रा खेलाडीमा हुनुपर्ने जुन विशेषता हो, ती सबै उनमा पाइन्छ ।'
१७
रहिम स्टर्लिङ
मिडफिल्डर, इङ्ल्यान्ड
खेल : ४
क्लब  : लिभरपुल
अविश्वनीय रुपमा खुलेर खेल्ने क्षमता प्रस्तुत गर्दै यो सिजनको पि्रमियर लिगकै स्टार बनेका खेलाडी हुन्, स्टर्लिङ । उनले केहि महत्वपूर्ण गोल गर्दै लिभरपुललाई उपाधिका दाबेदार बनाएका थिए । लिभरपुलका प्रशिक्ष्ाक ब्रेन्डन रोजर्सले उनलाई कहिलेकाहि मूख्य भूमिकामा पनि खेलाए । १९ बषर्ीय उनले घाइते रहेका इङ्ल्यान्डका राइट विङ्गर वाल्कोटको स्थान लिनेछन् । 'पेस र अरुभन्दा अगाडि बढ्नसक्ने सन्तुलन उनमा छ । उनलाई कसैले निरास पार्न सक्दैन,' इङ्ल्यान्डका प्रशिक्ष्ाक रोय हड्सनले भने ।
१८
माइकल इसेन
मिडफिल्डर, घाना
खेल : ५३, गोल : ९
क्लब : एसी मिलान
युरोपका ठूला क्लबहरु लियोन, चेल्सी, रियल म्याडि्रड र एसी मिलानबाट खेलीसकेका माइकल इसेन मिडफिल्डमा प्रभाव जमाउनसक्ने खुबी भएका खेलाडी हुन् । उरुग्वेका लुईस सुआरेजको 'हाते बचाउ'का कारण घाना सन् २०१० को विश्वकपको अन्तिम आठमा पुग्नबाट बञ्चित हुदा पनि उनले उत्कृष्ट खेल पस्किएका थिए ।
१९
जोन ओबी मिकेल
मिडफिल्डर, नाइजेरिया
खेल : ९४, गोल : ७
क्लब : चेल्सी
नाइजेरियाकै सर्बाधिक क्याप जित्ने खेलाडी हुन्, मिकेल । 'सुपर इगल्स'को जर्सी १४ बर्षयता निरन्तर लगाइरहेका यी डिफेन्सिभ मिडफिल्डरले ९४ खेल खेलेका छन् । त्यसमा सात गोल गरेका उनी सन् २००६ देखि नै इङलिस क्लब चेल्सीबाट खेल्दै आएका छन् । उनी नाइजेरियन टिमका यी महत्वपूर्ण खेलाडीले चोटका कारण चार बर्षअघिको विश्वकप गुमाएका थिए ।

२०
केइसुके होन्डा
मिडफिल्डर, जापान
खेल : ५६, गोल : २२
क्लब : एसी मिलान
इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेल्ने केइसुके होन्डासँग अटा्किङ मिडफिल्डर, प्लेमेकर र दोस्रो फरवार्डको पोजिसनमा राम्रो खेल्नसक्ने विशेषता छ । उनी पि|m-किक प्रहार गर्न पनि माहिर छन् ।
जापानको नयोग ग्राम्पुस्, डच क्लब भीभीभी भेन्लो, रुसको सीएसकेए मस्को हुदै उनी जनवरी ट्रान्सफरमा एसी मिलान पुगेका हुन् । उनी पछिल्लोपल्ट एसियन कपका सर्बोत्कृष्ट खेलाडी घोषित् भएका थिए ।
२१
टिम काहिल
फरवार्ड, अस्टे्रेलिया
खेल : ६८, गोल : ३२
क्लब : न्यूयोर्क रेड बुल्स
यी ३४ बषर्ीय भेट्रान फरवार्ड मैदानमा सँधै प्रभावशाली हुने गरेका छन् । उनी अट्याकिङ मिडफिल्डमा पनि खेल्ने गर्छन् । गोलको अवसर सिर्जना गर्न र आफै गोल गर्न उनी सिपालु छन् ।
उनी अस्टे्रेलियन फुटबल इतिहासकै सर्बाधिक गोलकर्ताका हुन् । इङल्यान्डको मिलवाल र पि्रमियर लिगको एभर्टनबाट लामो अवधि खेलीसकेका उनी अहिले अमेरिकाको मेजर लिग सकर खेल्ने न्यूयोक रेड बुल्ससँग आबद्ध छन् ।
२२
सामुएल एटो
फरवार्ड, क्यामरुन
खेल : ११७, गोल ५६
क्लब : चेल्सी
पछिल्लो सिजन इङलिस क्लब चेल्सीबाट खेलेका क्यामरुनी कप्तान एटो कुशल फरवार्ड हुन् । उनले राष्ट्रिय टिमबाट इतिहासकै सर्वाधिक ५६ गोल गरेका छन् । ३३ वषर्ीय उनी चारपल्ट अपि|mकी वर्ष खेलाडी भइसकेका छन् । उनले रियल म्याडि्रड, बार्सिलोना र इन्टर मिलानजस्ता युरोपका ठूला क्लबबाट खेलिसकेका छन् । उनी चौथोपल्ट विश्वकपमा सहभागी हँुदैछन् ।
२३
डिडियर ड्रोग्बा
फरवार्ड, आइभरिकोस्ट
खेल : १०१, गोल ६५
क्लब : गालातासारे
हाल टर्कीको क्लब गालातासारेसँग आबद्ध ड्रोग्बा ३६ वर्षका भइसकेका छन् । तर, मैदानमा उनी प्रभावशाली नै छन् । चेल्सीको यी 'लिजेन्ड' ले आइभरिकोस्टका लागि अहिलेसम्मकै सर्वाधिक ६५ गोल गरेका छन् । उनले सन् २००६ र २०१० को विश्वकपमा एक-एक गोल गरेका थिए ।

२४
अस्कन डेजागाह
अट्याकिङ मिडफिल्डर, इरान
खेल : १३, गोल : ४
क्लब : फुलहम
पछिल्लो सिजन फुलहमबाट इङलिस पि्रमियर लिग खेलेको अस्कन इरानी टिमको अग्रपंक्तिका भरपर्दा खेलाडी हुन् । उनले जर्मन क्लब हर्था बर्लिन र भीएफएल उल्फबर्गबाट बुन्डेस लिगा पनि खेलीसकेका छन् । उल्फबर्ग जर्मन च्याम्पियन हुदा उनी टिमका नियमित सदस्य थिए । इरानको जर्सीमा उनले १३ खेल खेल्दै ४ गोल गरेका छन् ।
२५
कि सुङ-युङ
सेन्टर मिडफिल्डर, दक्षिण कोरिया
खेल : ५७, गोल : ५
क्लब : सन्डरल्यान्ड
इङलिस क्लब स्वान्सीसँग आबद्ध सुङ-युङले लोनमा सन्डरल्यान्डबाट खेल्दै यो सिजन पि्रमियर लिगमा उत्कृष्ट प्रदर्शन गरे । उनले पि्रमिय लिगमा २७ खेल खेल्दै ३ गोल पनि गरे । सेल्टिक र स्वान्सीबाट खेलीसकेका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar