Headlines News :
fb
Home » » केपी ओलीलाई समाउने म्यानेन्जाइटिसको विशेषता

केपी ओलीलाई समाउने म्यानेन्जाइटिसको विशेषता

डाक्टरहरूका अनुसार एमाले नेता केपी शर्मा ओलीलाई फंगल म्यानेन्जाइटिस लागेको छ । उनलाई लागेको म्यानेन्जाइटिसको प्रकृति हो फंगल म्यानेन्जाइटिस । म्यानेन्जाइटिस भनेको कस्तो रोग हो ? यो रोक के कारणले लाग्छ र यसका विशेषता के हुन्छन् ? अध्ययन अनुसार म्यानेन्जाइटिसलाई तुलनात्मक रुपमा बिरलै हुने संक्रमण मानिन्छ । मुख्यतः तीनखालका म्यानेन्जाइटिस संक्रमण हुन्छन् । सामान्यतयः रोग प्रत्याक्रमण क्षमता कम भएका मानिसमा म्यानेन्जाइटिस संक्रमणले सजिलै समात्न सक्छ ।

तीन प्रकारका म्यानेन्जाइटिस  


१. ब्याक्टेरियल म्यानेन्जाइटिस - ब्याक्टेरियल म्यानेन्जाइटिस चाहीँ अत्याधिक खतरनाक संक्रमण हो । यसका लागि तत्कालै उपचार गर्न सकिएन भने केही घण्टाभित्रै बिरामीको ज्यान जान सक्छ । निको भइहाले पनि यसले सीधै दिमाग वा अन्य कुनै भागमा दीर्घकालीन क्षति पुर्‍याउन सक्छ । यो संक्रमण बिरामीको नजिक बस्दा या एकापसमा नजिकिँदा सर्न सक्छ ।

२. भाइरल म्यानेन्जाइटिस- भाइरल म्यानेन्जाइटिस ब्याक्टेरियल म्यानेन्जाइटिसभन्दा अलि बढी हुने संक्रमण हो । अर्थात् यो ब्याक्टेरियल जति जोखिमयुक्त मानिँदैन । यद्यपि, यो सधैं सरल भने हुंदैन । विभिन्नखालका भाइरलको कारण यो संक्रमण देखिन सक्छ । यस क्रममा पखाला लाग्ने वान्ता हुने जस्ता समस्या देखिन सक्छन् । अहिलेसम्मका अध्ययनहरुले देखाएअनुसार, भाइरल म्यानेन्जाइटिसका अधिकांश संक्रमितहरुको सफल उपचार भएको छ ।

३. फंगल म्यानेन्जाइटिस-  एमाले नेता केपी ओलीलाई लागेको रोग फंगल म्यानेन्जाइटिस हो । यो चाहीँ अन्य दुईभन्दा कम जोखिमयुक्त संक्रमण मानिन्छ । यसखालको म्यानेन्जाइटिस स्वस्थ्य शरीरमा कमै लाग्ने गर्छ । रोग प्रतिरक्षात्मक क्षमता अति कम भएका या दीर्घकालीन रोग भएका मानिसलाई यस्तो समस्या देखिन सक्छ । फंगल म्यानेन्जाइटिस संक्रमण एउटा दुर्लभ प्रकृतिको मानिन्छ । तर, यसले कमजोर रोग प्रतिरक्षा क्षमता भएकाहरुलाई सहजै समात्न सक्छ ।

म्यानेन्जाइटिसको कारण 

धेरैजसो म्यानेन्जाइटिसहरु ब्याक्टेरियल या भाइरल इन्फेक्सन असरका कारणबाट देखिने गरेका हुन्छन् । जो शरीरको जुनसुकै अंगबाट पनि सुरु हुन सक्छ ।

बढी जोखिम कसलाई हुन्छ ? 

पाँच वर्षमुनिका बालवालिका, टीन एजर, १६ देखि २५ वर्षका व्यक्ति वा ५५ वर्ष पुगेका मानिसमा यसखालको संक्रमणले तुलनात्मक रुपमा आक्रमण गर्न सक्छ । खासगरी, यसखालको संक्रमणलाई मानिसको रोग प्रतिरक्षा क्षमताले निर्भर गर्छ । एचआइभी एड्सजस्ता दीर्घकालीन संक्रमितहरुका लागि यो संक्रमण तुलनात्मक रुपमा खतरनाक मानिन्छ । अध्यनहरुले तुलनात्मक रुपमा एचआइभी संक्रमितहरुमा बढी म्यानेन्जाइटिस लाग्ने गरेको छ । दीर्घकालीन संक्रमितहरुका लागि यो संक्रमण तुलनात्मक रुपमा खतरनाक मानिन्छ । अध्ययनहरुले तुलनात्मक रुपमा एचआइभी संक्रमितहरुमा बढी म्यानेन्जाइटिस लाग्ने गरेको देखाएको छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar