विराटनगर, वैशाख १९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले आफू बिना मगरसँग घुम्न गएको समाचारको खण्डन गरेका छन् । उनले आफू बिनासँग नभई आमासँग सिलिगुढी गएको प्रष्ट्याए । 'म आमाको आयुर्वेदिक उपचारको लागि सिलिगुढी गएको हुँ', उनले भने,'बिनासँग घुम्न गएको हल्ला गलत हो ।'
केन्द्रीय कार्यालयको मनोनित कोटामा प्रतिनिधि भएर राष्ट्रिय सम्मेलनमा विराटनगर आएका दाहालपुत्र प्रकाश श्रीमती बिनासहित घुम्न गएको समाचार सार्वजनिक भएको थियो ।
अध्यक्ष दाहालसँगै होटल स्वागतमा बसेका उनलाई अर्कै होटलमा सारिएपछि प्रकाश असन्तुष्ट थिए ।
विवादास्पद छविका प्रकाशलाई दाहालसहितका शीर्ष नेताहरुभन्दा अलग राख्न व्यवस्थापन समितिले आग्रह गरेको थियो । हाल उनी दाहालको निजी सचिवालयमा छैनन् ।
fb