काठमाडौं, श्रावण १६ । प्रायः हाम्रो समाजमा बुढाबुढी, बालबालिका या अन्य मानिस हराएको खबर बाक्लै सुनिन्छ । मिडियामा यस्ता सूचना पनि आउँछन् । प्रहरीसमक्ष उजुरी पुग्छ ।
तर, समाजमा स्थापित भएका कोही–कोही मानिसलाई समयले यस्तो भुँवरीमा छोडिदिन्छ, जोसँग न नाउँ, न गाउँ, न थर ठेगाना नै हुन्छ । चेकु लामा नाम भएको एक शिक्षित पात्र त्यही सामाजिक परिचयको खोजीमा यताउता भौंतारिइरहेको छ ।
मानिसको जीवनमा नसोचेको आइलाग्छ । यस्तै भयो, लामाको जीवनमा पनि । जो सात वर्षको उमेरमा राजधानी छिरे । तर, राजधानी छिरेपछि उनी जन्म दिने बाबुआमा मात्रै होइन आफूलाई राजधानी ल्याइपुर्याउने आफन्तबाट पनि छुटे । २९ वर्षको उमेर पार गरिसक्दा उनले उच्च शिक्षा त हासिल गरेका छन् तर आफ्नो पहिचान नै नखुल्दा उनी मणि हराएको नाग जस्तो बनेका छन् ।
काठमाडौ बौद्ध बस्ने चेकु लामा भन्ने कृष्णबहादुर तामाङले शंकरदेव क्याम्पसबाट एमबीएस पूरा गरेका छन् । र, काठमाडौको एउटा स्कुलमा पनि पढाउँछन् । तर, यिनको एउटै समस्या छ आफ्नो पहिचानको । अहिले यिनलाई आफ्नो घर-गाउँ, परिवार, नाता-गोता केही पनि याद छैन ।
घटना २०४६ साल तिरको हो, यिनकी आमाको मृत्यु भएपछि चेकु एक्ला जस्ता भए । त्यसपछि गलैंचा कारखानामा काम गर्ने नातामा भिनाजु पर्ने सुकबहादुर तामाङसँग काठमाडौ आए । काठमाडौंको हावापानी सहन नसकेर यिनी बिरामी परे । भिनाजु सुकबहादुरले कान्ति बाल अस्पताल भर्ना गराए । उपचार क्रममा पैसाको अभाव भयो ।
धन्यः विदेशी स्वंयम सेवकको आँखा लाग्यो । र, तामाङको उपचार पनि भयो ।
‘दुईजना सायद पहिलोपटक आएका विदेशी स्वयं सेवकले मेरो स्थिति देखेर (हस्पिटलमा कोही नभएको बालक उपचाररत रहेको सूचना पाएर) मलाई निःशुल्क पढ्ने र उपचार गर्ने जिम्मा लिनुभयो । स्वास्थ्य ठिक भएपछि नक्सालमा रहेको पेन्यूड एकेडेमीमा भर्ना गरिदिनुभयो’–लामा बाल्यकाल सम्झन्छन् ।
सानो गौचरणमा रहेको पेन्यूड एकेडेमी मा २ पटक भिनाजु आएका थिए । तर, पछि उनी फर्केर आएनन् ।
‘त्यति बेला बच्चा थिएँ, चासो भएन । जब ठूलो भए तब घर–परिवार, नातागोताको चासो भयो’–उनले भने ।
भिनाजु सुकबहादुरले कान्ति बाल अस्पतालमा लेखेको निवेदनमा वर्ष ७ को त्रिशुली गुम्बा बस्ने चेकु लामा लेखेका रहेछन् । तर, अहिलेसम्म यिनले त्यो ठाउँमा पुग्दा पनि आफ्नो घर परिवार र आफन्तलाई भेटाउन सकेका छैनन् । हुन त चेकु लामाको घर काठमाडौं आसपासकै जिल्लामा होला तर अहिले यिनी कुहिरोको काग बनी भांैतारिरहेका छन् ।
‘मेरो घर पहाडी जिल्लामा जस्तो लाग्छ, घर नजिक ठूलो गुम्बा छ जस्तो लाग्छ मलाई’–उनको बाल्यकालको स्मरणले भन्छ ।
तामाङको स्मरणमा बाबुलाई गाउँमा घटौरो र आमालाई घटौरी भनेर बोलाइन्थ्यो । दिदीहरुको नाम साइली–माइली भनिन्थ्यो ।
‘दाईको नाम कुमार लामा हो, बहिनी पनि थिइ तर नाम याद भएन’–तामाङ भन्छन् ।
प्रहरीले पनि चेकु लामाअर्थात् कृष्णबहादुर तामाङको ठेगाना पत्ता लगाउन गरेको लामो प्रयास सफल भएको छैन् ।