सिन्धुपाल्चोक– माङ्खा गाविसको जुरे भन्ने ठाउँमा आजराति गएको पहिरोले सुनकोसी नदी थुनिँदा ८ जनाको मृत्यु भएको छ। प्रहरी र स्थानीयका अनुसार पहिरो र नदीमा जमेको पानीले करिब डेढ सय घर पुरिएका छन् भने केही मानिसहरू सम्पर्कबिहीन छन्। थुनिएको नदी खुलाउन नेपाली सेनाले दुईवटा विस्फोट गराएको छ। चट्टानको ढिस्को नै खसेर खोला थुनिएकाले पानीको निकास दिन सेनाले हेलिकप्टरबाट विस्फोट गराएको हो। विस्फोटपछि थुनिएको पानी केही बग्न थालेको छ। अहिले बगिरहेको पानीले सुनकोसीमा अहिलेसम्मकै ठूलो देखिएको हाम्रा संवाददाता ध्रुव दंगालले जनाएका छन्। भोटेकोसीमा पहिरो झर्ने क्रम दिउसोसम्म जारी थियो। पहाड नै झरेर खोलामाथि पहाड बनेको छ।
विस्फोटपछि पनि अपेक्षा गरेअनुसार पानीले निकास पाउन सकेको छैन। ताल बनेको भूभाग फुटेर आकस्मिक रूपमा पानीले आफैं बाटो बनाए बाह्रबिसे बन्देउसम्म राजमार्ग, बस्ती र दुई जलविद्युत आयोजना सखाप हुने जोखिम छ।
दोलखास्थित नागरिककर्मी रमेश खतिवडाका अनुसार खाडीचौरतिर पानीको सतह बढेको छ। जसले गर्दा राजमार्ग आसपास बाह्रेबिसे, लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटे, पोठे र नदी आसपासका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन्। केही मानिसहरू गाडी रिजर्भ गरी राजधानीतिर लागेका छन् भने केही हेलिकप्टरबाटै सुरक्षित स्थानतर्फ लागेका छन्।
पहिरोले अरनिको राजमार्गस्थित ड्यामसाइड बजारको एक विद्यालयसहित दर्जनौं घर बगाएको छ। माङ्खा गाविसको एउटा वडा नै बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयश्वर रिमालले जनाएका छन्। उनका अनुसार खोला अरनिको राजमार्गसम्म आएको छ।
स्थानीय प्रशासनले बिपत र सम्भावित जोखिमको जानकारी गराउँदै सतर्क गराएपछि बाह्रबिसे, लामोसाँघु, खाडीचौर, सुकुटेलगायत करिब २० किलोमिटर क्षेत्रका स्थानीयको भागदौड मच्चिएको थियो। उनीहरू रुवाबासी गर्दै डाँडाकाँडातिर लागेका थिए।
गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सो क्षेत्रमा अहिले तीन किलोमिटर लामो, ३० मिटर चौडा र ९० मिटर गहिरो ताल बनेेको छ। यसै विषयलाई लिएर गृह मन्त्रालयमा आज बिहान आपतकालीन बैठक बसेको थियो। बैठकले पहिरो गएर ताल बनेको क्षेत्र र नदीसँग जोडिएका नेपालसीमासम्मकै क्षेत्रलाई संकटग्रस्त घोषणा गर्नुपर्ने निर्णय गरेको थियो।
बैठकपछि गृहमन्त्री बामदेव गौतमले जमेको पानी खुलाउने प्रयास भइरहेको र आवश्यक परे भारत र चीनसँग सहयोग माग्न सकिने बताएका छन्। 'हामीले यसबारे भारत र चीनलाई पनि जानकारी गराएका छौं,' गौतमले संवाददाताहरूसँग भने, 'तालको पानीलाई निकास दिन सहयोग आवश्यक पर्न सक्छ भनेर भनेका छौं।'
आठ जनाको शव भेटियो
पहिरोमा परी मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको छ। सनाखत हुनेहरूमा बदासे–१ का ४० वर्षे अभिषेक श्रेष्ठ, माङखा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, १७ वर्षीया रामदेवी श्रेष्ठ, ४० वर्षीया गणेशमाया श्रेष्ठ, ३० वर्षीया विमला श्रेष्ठ र ३५ वर्षीय श्याम श्रेष्ठ छन्। अन्य दुईको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जनाए। उनका अनुसार पहिरोले नदी थुनिएपछि आसपासका स्थानीयलाई सुरक्षित स्थातर्फ जान आग्रह गरिएको छ।
पहिरोग्रस्त क्षेत्रबाट एक बेल्जियम नागरिकसहित १६ जना घाइतेको उद्धार गरिएको छ।
गुगल अर्थको यसै बर्ष (सन् २०१४) को तस्बीरमा (माथि) राम्चेमा सानो पहिरो गएको देखिन्छ।
सोही क्षेत्रमा आज बिहान ठूलो पहिरो गएर भोटेकोशी थुनियो।
भिडियो हेर्नुहोस् !!