हाल बिरामी रहेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले साउनै देउसी खेलेका छन । फिल्म ‘कोहिनुर’को एक गीतमा यो जोडीले देउसीभैलो खेल्दै रमाइलो गरेका हुन । फिल्मका उक्त गीत हालै मात्र सार्वजनिक गरिएको हो ।यसपालीको तिहारै रमाइलो बोलको गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ भने शम्भुजित बाँस्कोटाको सँगीत रहेको छ ।
यता फिल्म ‘कोहिनुर’ भने आउदो शुक्रबारबाट रिलिजको तयारीमा छ । चेलिबेटी बेचबिखन को कथा उठाइएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन । फिल्ममा श्रीकृष्ण, स्वेता सँग मिथिला शर्मा, सम्राट सापकोटालगायतको अभिनय छ । फिल्मलाई श्रीकृष्ण र स्वेताले नै मिलेर बनाएका हुन । यसैबीच फिल्म रिलिजको सँघारमा आइसक्दा पनि निर्माता नायक श्रीकृष्ण भने नेपाल फर्कन सकेका छैैनन । उनीसँगै नायिका तथा उनको श्रीमति स्वेता खडका पनि दिल्लीमै छन । निमोनिया भएको श्रीकृष्णको स्वास्थ्यमा सुधार नभएपछि उनीहरु नेपाल फर्कन नसकेका हुन । बुझिएअनुसार फिल्म रिलिज अगावै अर्थात यहि २३ गतेभन्दा अघि उनीहरु नेपाल फर्कने सम्भावना छैन ।