Headlines News :
fb
Home » » सौर्य एअरलाइन्सको नयाँ जहाज भित्रियो

सौर्य एअरलाइन्सको नयाँ जहाज भित्रियो

सोमबार त्रिभुवन विमानस्थलमा अवतरित सीआरजे २०० विमान। ५० सिट क्षमता भएको यो विमान सौर्य एयरलाइन्‍सले झिकाएकव हो।
काठमाडौं : आन्तरिक वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले नयाँ हवाईजहाज भित्र्याएको छ। बम्बाडियर कम्पनीद्वारा निर्मित सीआरजे २०० सिरिजको जेट जहाज सोमबार दिउँसो काठमाडौं भित्रिएको सौर्य एअरलाइन्सले जानकारी दिएको छ।

वायुसेवा कम्पनीका अध्यक्ष रोमनाथ घिमिरेका अनुसार आगामी दसैंसम्ममा आवश्यक प्रक्रिया पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) लिने र व्यावसायिक उडान सुरु गर्नेछ।

५० सिट क्षमताको यो जहाजले माउन्टेन फ्लाइटसहित विराटनगर, नेपालगन्ज, भैरहवा, धनगढी र भद्रपुरमा उडान गर्नेछ।

५० सिट क्षमताको यो जहाजले माउन्टेन फ्लाइटसहित विराटनगर, नेपालगन्ज, भैरहवा, धनगढी र भद्रपुरमा उडान गर्ने सौर्य एअरलाइन्सका कम्पनी अधिवक्ता विवेचन खनालले बताए। यो वायुसेवाले यही कम्पनीका अन्य दुईवटा जहाज पनि ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।

नेपालमा पहिलोपटक भित्रिएको यो जहाजले यसअघि नै उडान योग्यताको प्रमाणपत्र (टाइप सर्टिफिकेट) पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यसले जहाज ल्याउनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नो अबजेक्सन सर्टिफिकेट (एनओसी) लिएर जहाज भित्र्याएको प्राधिकरणको भनाइ छ।

यसले उडान सञ्चालन अनुमति (एओसी) को लागि आवेदन दिइसकेको छ। जहाज आइसकेको भए पनि यसले प्राधिकरणले तय गरेको एओसीको सबै प्रक्रिया पूरा नगरेसम्म जहाज उडाउन भने नपाउने भएको छ। प्राधिकरणले तोकेका सबै मापदण्ड पूरा नगरेसम्म यो जहाजले उडान गर्न नपाउने प्राधिकरणमा महानिर्देशक रतीशचन्द्रलाल सुमनले बताए।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar