काठमाडौं (अन्नपूर्ण) : नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ।
भारतको पुणेस्थित नेसनल भइरोलोजी इन्टिच्युटमा दोस्रो परीक्षण गर्दा ती व्यक्तिमा इबोलाको संक्रमण नभएको पुष्टि भएको हो।
यसअघि नेसनल सेन्टर फर डिजिज कन्ट्रोलमा परीक्षण गर्दा संक्रमणको शंका गरिएपछि थप ६ घन्टा लामो परीक्षण गर्नुपरेको थियो। नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. लिङ अङले भारतको इबोला संक्रमण परीक्षण नकारात्मक आएको जानकारी दिए।
नाइजेरियाबाट नयाँदिल्ली आएका तीनजना इबोला संक्रमण भएको भन्ने हल्लाले सोमबार दिनभरजसो नेपाली सञ्चारमाध्यममा स्थान पाएको थियो। दक्षिण एसियामा हालसम्म इबोलाको संक्रमण देखिएको छैन।