Headlines News :
fb
Home » » तीन दिन मुसलधारे वर्षा हुने, पहिरोको जोखिममा रहेका पूर्वी र पश्चिमी पहाडमा सचेत हुन मौसम पूर्वानुमान महाशाखाको आग्रह (भिडियो हेर्नुहोस्)

तीन दिन मुसलधारे वर्षा हुने, पहिरोको जोखिममा रहेका पूर्वी र पश्चिमी पहाडमा सचेत हुन मौसम पूर्वानुमान महाशाखाको आग्रह (भिडियो हेर्नुहोस्)

तीन दिन मुसलधारे वर्षा हुने, पहिरोको जोखिममा रहेका पूर्वी र पश्चिमी पहाडमा सचेत हुन मौसम पूर्वानुमान महाशाखाको आग्रह ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि शनिबार साँझसम्म तराईका अधिकांश र पहाडका केही क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने जनाएको छ । तीन दिन लगातार मुसलधारे वर्षाले बाढीपहिरोको जोखिम बढाउनसक्ने भन्दै विज्ञहरूले ‘सचेत र सतर्क रहन सुझाव समेत दिएका छन् ।
पानी पार्ने वायुमण्डलीय प्रणाली नेपालतर्फ नजिकिँदै गएकाले बुधबार रातिदेखि शनिबार साँझसम्म अत्यधिक वर्षा हुने महाशाखाले जनाएको छ । पानी पार्ने वायुमण्डलीय प्रणाली न्यूनचापीय रेखा सामान्य स्थानभन्दा वर आएकाले वर्षाको सम्भावना बढेको हो । त्यो रेखा हाल भारतको लखनउमा रहेको र पश्चिम नेपाललाई छोएर लामो समयदेखि बसिरहेको छ । सामान्यतया यो रेखा पश्चिम बंगालदेखि दिल्लीको वरपर रहने गर्छ । त्यसले सामान्य वर्षा गराउँछ । यसपटक भने त्यो रेखा नेपालतर्फ सरिरहेको महाशाखाले जनाएको छ ।
विहिवार पूर्वी र पश्चिमी नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाले लगातारको भारी वर्षाले बाढीपहिरोको जोखिम बढ्ने हुँदा यसबारे सतर्क रहन गृह मन्त्रालयलाई औपचारिक जानकारी गराइसकेको छ । भिडियो हेर्नुहोस्>>>>>

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar