काठमाडौं— रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत काम गर्न कोरिया जाने युवाहरु फारम बुझाउन मंगलबार रातिदेखि फारम केन्द्रमा लाइन लागेका छन्। हिजै साँझदेखि लाइनमा बसेका उनीहरु रातिदेखि परेको वर्षाले पीडित बनेका छन्।
काठमाडौं उपत्यकामा ल्यावरोटरी स्कुल कीर्तिपुर, एक्मी इन्जिनियरिङ कलेज सीतापाइला र च्यासल फुटबल खेलमैदान बालकुमारीमा युवाहरुको लाइन छ। इपिएसअन्तर्गत नेपाली कामदार लिन दक्षिण कोरियाले पाँचौं पटक भाषा परीक्षा सञ्चालन गर्न लागेको हो।
पोखरा, धरान, बुटबल लगायतका स्थानबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ।
इपीएसमार्फत् कोरिया जान कोरियन भाषाको परीक्षा अनिवार्य पास गर्नुपर्छ। कोरिया पुग्ने बित्तिकै एक लाख रुपैयाँ मासिक कमाइ हुने भएकाले युवाहरुमा कोरिया 'क्रेज' बढी नै देखिएको छ। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको इपिएस शाखाका अनुसार कोरिया जान करिब ८० हजार रुपैयाँ खर्च हुन्छ। दक्षिण कोरियाको हावा-पानी पनि नेपालको जस्तै छ। यसो हुँदा त्यहाँ काम गर्न अन्यत्र जस्तो गाह्रो हुँदैन। लाखौं नेपालीले काम गरिरहेको खाडी मुलुकमा जस्तो त्यहाँ चर्को घाम वा सहनै नसकिने जाडोमा काम गर्नु पर्दैन।
यस वर्ष करिब एक लाख जनाले आवेदन फारम भर्ने अनुमान मन्त्रालयले गरेको छ। सन् २०११ को भाषा परीक्षामा ५७ हजारले आवेदन दिएका थिए। परीक्षामा पास भएका सबै कोरिया जान पाउने 'ग्यारेन्टी' भने छैन। मन्त्रालयका अनुसार कोरियाली रोजगारदाताले रोजगार तथा श्रम मन्त्रालयले सिफारिस गरेकामध्येबाट आफूलाई उपयुक्त लागेका कामदार लैजाने गर्छन्। रोजगारदाताले कामदारको अनुभव, शैक्षिक योग्यता, शारीरिक क्षमताजस्ता पक्ष हेरेर छनोट गर्ने मन्त्रालयले जनाएको छ। कामको प्रकृति, रोजगारदाताको प्राथमिकताका कारण कोरियाले ५ प्रतिशत मात्र महिला कामदार लैजान्छ। तैपनि आवेदन बुझाउने भीडमा महिलाको संख्या उल्लेख्य देखिन्छ।