Headlines News :
fb
Home » , » यसरी हुर्किएको थियो श्रीकृष्ण र श्वेताको सम्बन्ध

यसरी हुर्किएको थियो श्रीकृष्ण र श्वेताको सम्बन्ध

काठमाडौं,साउन२८–विवाहको डेढ महिना अघिमात्रै नायक श्रीकृष्ण श्रेष्ठ पनौती–१२,खोपासीस्थित श्वेता खड्काको घरमा आएका थिए । विवाहपछि ससुराली आउने सपना दिल्लीमा केमो थेरापीको पहिलो डोजसँगै अन्त्य भएको छ भने उनको निधनको समाचार टिभीमा हेर्ने झगडामा ससुराली गाउँकी एक किशोरीको ज्यान गएको छ । श्वेताको घरमा तला थपिरहेको समय पनि श्रीकृष्णले अभिभावकको भूमिका निभाएका थिए । ‘उहाँ मेरो मात्र नभई घरकै अभिभाबक बन्नु भएको छ,’ श्वेताले अघिल्लो दसैंमा भनेको सम्झिए छिमेकी शिव महतले । जतिबेला रञ्जना(श्वेता) श्रीराम माबि खोपासीबाट एसएलसी सकेर इन्द्रेश्वरमा भर्ना भइन्,त्यतिबेला फिल्म,नृत्य,भलिवल र फटबल खेलमा रुची थियो । २०६१ सालमा पनौतीको इन्द्रेश्वर उच्च माबिमा कक्षा ११को शिक्षा संकायमा भर्ना भएकी उनी प्लसटु सकाएर काठमाडौंं गइन् । आफन्तकोमा बसेर नृत्यको कक्षा लिन थालिन् । त्यतिवेला श्रीकृष्ण श्रेष्ठले निर्माण गर्न लागेको ‘कहाँ भेटिएला’ फिल्मका लागि नायिका खोजी भइरहेको थियो ।


 श्रीकृष्णले साथीभाइको सहयोगमा रञ्जनाको नृत्य हेर्न प्रशिक्षण केन्द्र पुगे । श्रीकृष्णले नृत्य मन पराए र नेपाली फिल्मप्रतिको बुझाई,हेराइ र आइपर्दा फिल्म खेल्ने सोचका बारेमा प्रत्यक्ष कुरा गरे । त्यतिवेला रञ्जना श्वेता भइसकेकी थिइन् । श्रीकृष्ण जस्तो कलाकारले आफ्नो नृत्य मन पराएर एकैपटक ठुलो फिल्ममा प्रस्ताव गर्दा आनाकानी गर्ने कुरै भएन । त्यतिबेलैदेखि श्रीकृष्ण श्वेताको अभिभाबक बने । उनी भाडामा बस्थिन् । बाबु जमदार ओतबहादुर खड्का र आमा गोमा खड्काको पहिलो सन्तान हुन् श्वेता । दुई भाइ र एक बहिनीको श्रीकृष्णले श्वेताले भन्दा बढी रेखदेख गरे ।

उनीहरुकै सहयोगमा बहिनी आरजी इजरायल गइन् । इजरायलमा केही वर्ष वसेपछि पुनः नेपाल आएर गत वर्ष मात्रै फर्किएकी थिइन् । दुई भाइ शैलेष र शिब अध्ययन सँगसँगै काठमाडौंमा काम गर्न थाले । श्वेताले फिल्म खेल्दै श्रीकृष्णसँग व्यापार सुरु गरेपछि बालाजुमा सात महिना मात्रै भयो परिवारका लागि घर खरिद गरेको ।श्वेताको फिल्ममा अनुबन्धित भएपछि सुटिङका क्रममा पुर्याउन र लिन आउने गरेका श्रीकृष्ण त्यतिवेलादेखि नै खोपासी घरमै बस्न थालेका थिए । जब फिल्म हिट भयो,त्यसपछि खोपासी आउने क्रम बाक्लिएको थियो । ‘

एकपटक भेटेको मान्छेलाई कहिल्यै नबिर्सने क्षमता भएका सरल र शिष्ट श्रीकृष्ण कसैले नमस्कार गरे गाडी रोकेरै दुई हात जोड्थे’ शिब सम्झन्छन् । जतिपटक खोपासी आइपुग्थे,त्यति नै पटक छिमेकीसँग भेटघाट गर्थे । ‘हरेक दशैमा श्रीकृष्ण श्वेतालाई पुर्याउन खोपासी आउथे र सिन्धुपाल्चोक घरमा लगेर फर्कदा श्वेतालाई साथै लिएर फर्कन्थे । बिबाहपछि खोपासी आउने सपना अधुरै रह्यो–शिवले भने । ओतबहादुरका चारबटी श्रीमतीमध्ये कान्छी हुन् गोमा । उनकै कोखबाट जन्मेकी पहिलो सन्तान श्वेताको खुसीका लागि परिवारले उनको निर्णयलाई कहिल्यै छेकेन । आजको जनआस्था साप्ताहिकमा खबर छ । -
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar