
तेश्रो स्थानमा रहेको स्पेनका ४ सय ७१ जनाले लिंग लम्बाएका छन् । त्यस्तै मेक्सिकोमा २ सय ९५ जना, कोलम्बियामा २ सय ६६ जना, इटालीका २ सय ५६ जना तथा ब्राजिलका २ सय १९ जनाले लिंग लम्बाउने शल्यक्रिया गराएका छन् । सबै प्रकारका सर्जरी गर्ने मामिलामा अमेरिकीहरु पहिलो स्थानमा रहेका भएपनि लिंग लम्बाउने सर्जरीमा भने अमेरिकी पुरुषहरु तल रहेछन् । सन् २०१३ मा ६१ जना अमेरिकी पुरुषले मात्र आफ्नो लिंग लामो पार्न सर्जरी गरेका छन् ।
अर्जेन्टिनाका ७३ र इरानका १२ जना पुरुषले पनि लिंग लम्बाउने शल्यक्रिया गरेका छन् । जर्मनीको युरोलोजी तथा प्लास्टिक सर्जरी केन्द्रले यस्तो खालको सर्जरीका लागि ७ हजार ६ सय पाउण्ड बराबर रकम खर्च लाग्ने बतएको छ । उसका अनुसार यस्तो सर्जरीबाट पुरुषको लिंगको लम्बाइ ६ सेन्टिमिटर तथा गोलाई ३ सेन्टिमिटर सम्म बढाइएको छ ।