जेरुसेलम: गाजाको सीमा क्षेत्रमा मङ्गलबार बिहान भएको झडपका क्रममा कम्तीमा पनि पाँचजना इजरायली सैनिकको ज्यान गएको छ। गाजाको सीमा क्षत्रे नजिकैबाट उनीहरु त्यसतर्फ छिर्न खोज्दा भएको झडपमा परी ती सैनिक मारिएका हुन्।
इजरायल र प्यालेस्टाइनले नै २४ घन्टे युद्धविरामको घोषणा गरेको भए पनि सो हुन सकिरहेको छैन। हिजो र आजपनि ती क्षेत्रमा झडपहरु भएका र नागरिक हताहत भएका छन्। मंलबार बिहानै पनि ती सैनिक मारिएका र त्यस क्षेत्रमा झडप भएको छ। साथै इजरायलले हवाई कारबाही रोकेको भए पनि स्थलगत कारबाही भने नरोकेको बताइएको छ।
संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई सोमबार मात्र तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको थियो । तर त्यसबमोजिक युद्धविराम भने हुन सकिरहेको छैन। राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो । इजरालल र प्यालेस्टाइनको सो आक्रमण तेस्रो हप्ता प्रवेश गरिसकेको छ।
सुरक्षा परिषदले सो आग्रह गरिरहँदा इजरायलले गरेको उक्त आक्रमणको क्रममा एक हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको जानकारी प्यालेस्टाइनले दिएको बताइएको छ। प्यालेस्टाइनले दिएको जानकारीअनुसार सो आक्रमणबाट सोमबारसम्ममा एक हजार ३० जनाको ज्यान गइसकेको छ । २४ घन्टे युद्धविरामका लागि दुवै पक्षले प्रस्ताव स्वीकार गरेपनि आक्रमण भने रोकिएको छैन।
गत जुलाई ८ बाट इजरायलले गाजामा आक्रमण सुरु गरेको हो । उसले जारी राखेको आक्रमणका क्रममा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु हनुको साथै अन्य पाँच हजारभन्दा बढी घाइते भएका छन् । यस आक्रामक आक्रमणमा इजरायलका दर्जनौँ सैनिकको पनि मृत्यु भएको अर्को एक समाचारमा जनाइएको छ।
सुरुमा हवाई आक्रमण थालेको इजरायलले पछिल्ला दिनहरुमा आएर भने स्थलगत कारबाही पनि सुरु गरेको छ । सो कारबाहीका क्रममा इजरायली सेना पनि मारिएका इजरायलले जानकारी दिएको छ। रासस/एएफपी