सुर्खेत रामघाटकी ३४ वर्षीया मनमाया खत्रीले छोरा सोहमलाई बिगौती दूध खुवाउन पाइनन्। बिगौती दूध बालबालिकाका लागि अमृतसरह मानिए पनि उनलाई त्यसको ज्ञान थिएन। सुत्केरी अवस्थामै मेलापात गर्नुपर्ने उनको बाध्यता थियो। पोसिलो खानाको समेत अभावमा सोहम एक वर्षको हुँदा पनि पाँच महिनाको जस्ता देखिए। उनमा झाडापखालाको समस्या पनि देखियो।
धादिङ रानीबारीकी विमला पुनले पनि छोरी लक्ष्मीलाई बिगौती दूध खुवाउन पाइनन्। बिगौती दूध खुवाए खराब गर्छ, होचो हुन्छ, लुरे हुन्छ भन्दै आफन्तले लक्ष्मीलाई तीन घन्टासम्म लुकाएका थिए। विमलाले व्यस्तताका कारण न छोरालाई पर्याप्त दूध खुवाउन पाइन् न त अन्य पोसिलो खानेकुरा नै खुवाउन सकिन्। आज उनको छोरा पटकपटक बिरामी परिरहन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या ७० प्रतिशत रहेको देखाएको छ। अघिकांश बालबालिका जन्मनासाथ बिगौती दूध खानबाट वञ्चित हुने गरेका छन्।
मन्त्रालयको तथ्यांकअनुसार जन्मेको एक घन्टादेखि ६ महिनासम्म लगातार आमाको दूध खुवाएमा बालमृत्युदर १३ प्रतिशतले घट्छ। मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाका प्रमुख
डा. श्यामराज उप्रेती स्तनपानले अन्य रोगको संक्रमणबाट समेत बालबालिका बच्ने गरेको बताउँछन्।
'बिगौती दूधमा रोगसँग लड्नसक्ने शक्तिशाली तत्त्व हुन्छ जसले बच्चालाई अन्य संक्रमण हुन दिँदैन', बालरोग विशेषज्ञ डा. रमेशकान्त अधिकारीले भने। उनले चेतनाको कमीले अझै पनि आमाहरू बिगौती दूध खुवाउन हिच्किचाउने गरिरहेको बताए। थाहा पाउनेहरूले पनि निरन्तर स्तनपान गराउन नसक्दा बच्चाको स्वास्थ्य जीवनको पहिलो चरणमै जोखिममा पर्ने गरेको उनको भनाइ छ।
तथ्यांकअनुसार शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या भने ४९ प्रतिशतमात्र छ भने शिशु जन्मेको एक दिनभित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिशत छ।
डा. श्यामराज उप्रेतीका अनुसार बच्चालाई पूर्ण स्तनपान नगराउँदा उनीलाई कुपोषणको समस्या देखिने गरेको छ। स्तनपानको अभावमा ख्याउटेपनाको समस्यासमेत बढ्ने र विभिन्न किसिमको रोगले समेत आक्रमण गर्ने गरेको उनको भनाइ छ। नवजात शिशुमा रोगप्रतिरोधात्मक शक्ति नहुने भएकाले पनि आमाको दूधले उनीहरूको संरक्षण गर्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अघिकांश बालबालिका जन्मनासाथ बिगौती दूध खानबाट वञ्चित हुने गरेका छन्। जन्मेको एक घन्टादेखि ६ महिनासम्म लगातार आमाको दूध खुवाएमा बालमृत्युदर १३ प्रतिशतले घट्ने मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आमाको दूधमा लेक्टोफर्मिन नामक तत्त्व हुन्छ जसलाई रोगसँग लड्ने शक्तिका रूपमा लिने गरिन्छ। लेक्टोफर्मिन बच्चाको शरीरमा पुगेपछि फलाम तत्त्वमा परिणत हुन्छ। पर्याप्त मात्रामा आमाको दूध खान नपाउने बालबालिकामा मधुमेहको सम्भावना अत्यधिक हुन्छ। स्तनपानले बालबालिकाको दिमागी विकाससमेत गराउँछ।
त्यसमा पनि कम उमेरमै जन्मिएको बालबालिकाले आमाको दूध पर्याप्त खान पाएनन् भने नेक्रोटाइजिङ एन्टोरोकोलाइटिसजस्ता घातक रोग लाग्न सक्छ। त्यसैले जन्मेको एक घन्टादेखि ६ महिनासम्म बालबालिकाका लागि आमाको दूध उत्कृष्ट आहारमात्र हैन, जीवनका लागि रक्षक समेत हुन्छ।
स्तनपान गराउँदा झनै स्वस्थ
स्तनपान गराउने आमाको स्वास्थ्यसमेत राम्रो हुँदै जाने चिकित्सक बताउँछन्। स्तनपानको फाइदाबारे थाहा भए पनि कतिपय आमा आफ्नो स्वास्थ्य बिग्रन्छ भन्दै स्तनपान गराउन डराएको पाइन्छ। तर त्यो गलत भएको विभिन्न अध्ययनले देखाएको छ। हालै अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनले पनि उक्त कुरा गलत भएको थप पुष्टि गरेको छ। अध्ययनले स्तनपान गराउँदा आमाको शरीर फूर्तिलो बन्नुका साथै विभिन्न प्रकारका क्यान्सरबाट बच्ने जनाएको छ।