काठमाडौं : नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ जिनले कोरियाका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग बिहीबार भएको भेटमा राजदूत जिनले लगानीका लागि समन्वय गर्न दूतावास तयार रहेको बताए।
सोही अवसरमा चेम्बर अध्यक्ष श्रेष्ठले दक्षिण कोरिया र नेपालको निजी क्षेत्रबीचको सम्बन्धलाई अझ प्रगाढ र मैत्रीपूर्ण बनाउन नेपाल चेम्बर अफ कमर्सले अवैतनिक प्रतिनिधि (अनरेरी रेप्रिजेन्ट) मार्फत गरेको प्रयासबारे जानकारी गराए।
उनले दुई देशबीचको सम्बन्ध प्रवद्र्धन गर्न सिउल-काठमाडौं उडान थप गर्नुपर्ने, द्विपक्षीय प्रतिनिधिको आदानप्रदान, मेला तथा गोष्ठीको आयोजना गर्नुपर्ने बताए। यस्तै राजदूत जिनले नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीसँग पनि द्विपक्षीय सहयोगको विषयमा छलफल गरेका छन्।