सिन्धुली/दोलखा, श्रावण ७ - जलकन्या घर भई रामेछापमा गाविस सचिवका रूपमा तीन दशक बिताएका ध्रुवबहादर कार्की बिदा सकेर वा काम विशेषले गृह जिल्ला आउँदा सुनकोसी पुलमा हल्लिँदै वारपार गर्थे । भारी बोक्ने र पैदलयात्रीको चापले वारपार गर्न मुस्किल पर्ने गरेको थियो । यहाँबाट वारपार गर्ने यात्रुले मंगलबारदेखि यस्तो झन्झटबाट मुक्ति पाएका छन् । सँगसँगै सय वर्षअघिको झोलुङ्गे पुलले समेत विश्राम पाएको छ । 'सुनकोसीको किनारबाट रामेछाप सेलेघाटतर्फको बाटो अत्यन्तै साँघुरो थियो । चिप्लिए नदीमा झरिने डर उत्तिकै हुन्थ्यो,' कार्कीले भने, 'तैपनि ओहोरदोहोर गर्नै पथ्र्यो ।'
सिन्धुली र रामेछाप जोड्ने सुनकोसीमा पक्की पुल बनेर सञ्चालनमा आएको छ । मोटरसाइकलसम्म जेनतेन वारपार हुन्थ्यो । अन्य सवारी भने वारिपारि रोकेर फेरबदल गरिन्थ्यो । कार्कीले भने, 'अब सजिलो भएको छ ।' तराईबाट सामान ढुवानी गर्दासमेत सुनकोसीको झोलुङ्गे पुलको मुखबाट मजदुरले वारपार गराउँथे । खुर्कोटका शरद आचार्यले पक्की भएपछि अब धेरै कुरामा सहज हुने बताए । साढे ४ वर्ष लगाएर पक्की पुल बनेपछि अब हिमाल र तराई जोडिएको छ ।
सिन्धुलीको भीमेश्वर गाविस खुर्कोटबाट रामेछापको सेलेघाट जोडिएको यो पुल निर्माणसँगै जनकपुर अञ्चलभित्रका हिमाल, पहाड र मधेसका जिल्लाको सडक मार्ग जोडिएका छन् । अञ्चलका ६ जिल्ला नै सडक सञ्जालसँग गाँसिएका छन् । 'यसले हिमाल र तराईको यात्रासमेत छोट्याएको छ,' आचार्यले थपे । मध्यपूर्वका हिमाली र पहाडी जिल्लासँग सहज रूपमा मधेस जोड्ने हुनाले यस क्षेत्रका नागरिक लामो समयदेखि पुल निर्माणको प्रतीक्षामा थिए ।
एसियाली विकास बैंकको सहयोगमा रोड कनेक्टिभिटी आयोजनाले पुल निर्माण थालेको थियो । झन्डै १७ करोड खर्चेर बनाएको सय मिटर लामो पुल निर्माणका बेला ३ वटा जग खन्ने क्रममा नदी बीचको फाउन्डेसनमा फुटाउन कठिन हुने ढुङ्गा भेटिएपछि २ वर्ष ढिलाइ भएको थियो । ठेकेदार कम्पनीले पुलको फाउन्डेसन सकेलगत्तै ६ महिनाअघि ट्रस्टहरू जडान गरी महिना दिनअघि ढलान गरेको थियो ।
'पुल पूर्णरूपमा तयार भइसकेको छ, ससाना गाडी ओहोरदोहोर गराउन सुरु गरेका छौं,' सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए । पुल सञ्चालन भएसँगै हिमाल, पहाड र तराई जोड्ने सडक विभागको परिकल्पनाको एउटा योजना पूरा भएको कार्कीले बताए । जनकपुर अञ्चलभित्रका ६ जिल्लामध्ये हिमाली जिल्ला दोलखा र रामेछाप यसअघि मधेससँगको सञ्जालबाट विमुख थिए । मध्यपहाडी राजमार्ग, बीपी राजमार्ग र रामेछापको मार्गबाट आउने यात्रीहरूको संगमस्थल बनेपछि व्यापारमा वृद्धि हुने स्थानीयवासीले अपेक्षा गरेका छन् । सरकारले मध्यपहाडी क्षेत्रमा विकास गर्न लागेको १० ठूला सहरमा खुर्कोट दोस्रो नम्बरमा छ । पुल निर्माणसँगै सिन्धुलीवासीबाट रामेछाप, दोलखालगायत जिल्लामा पुग्न सहज भएको छ ।
चीन-भारत जोड्ने छोटो मार्ग
सुनकोसीमा पुल बनेपछि छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राजमार्ग हुने भएको छ । उत्तर-दक्षिण लोकमार्गमा चालू भएको खुर्कोट पुलले विकास, पर्यटन र व्यापारमा ठूलो अर्थ राख्नेछ । पुलले भारतबाट मोटर बाटो दोलखाको लामा बगरसम्म जोडेपछि दुई मुलुक जोड्ने छोटो मार्ग बनेको अध्ययनहरूले देखाएको छ ।
रोल्वालिङ क्षेत्रको गौरीशंकरको किनारैकिनार अघि बढेको सडकले करिब ३२ किलोमिटर छिचोल्न सके चीनको सिमाना जोड्छ । जम्माजम्मी करिब ५० किलोमिटर ट्रयाक र केही पुलहरू निर्माणपछि चीनदेखि नेपाली भूमि हुँदै भारतसम्म छोटो दूरीको सडक चालु हुने भौतिक योजना तथा निर्माण मन्त्रालयको सडक निर्माण महाशाखाको अध्ययनले देखाएको छ । भारतीय सिमाना भिठ्ठामोडबाट जलेश्वर बर्दिवास हुँदै खुर्कोट पुल आउन १ सय २३ किलोमिटर सडकमा यातायात चालु छ । खुर्कोटबाट रामेछाप हुँदै दोलखा तामाकमोसीसम्म ५५ किलोमिटर सडक पनि चालू नै छ । मार्गलाई छोटो बनाउन तामाकोसी तीरैतीर करिब १५ किलोमिटर ट्रयाक खोलेर सिंगटी सडकमा जोडे भारत र चीन यही बाटोले जोड्नेछ । सिंगटीबाट २८ दशमलव ५ किलोमिटर लामा बगरसम्म सडक यसअघि नै निर्माण भइसकेको छ । लामा बगरबाट १ किलोमिटर भूमिगत मार्गबाट सडक लाने सर्भे माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गरेको छ । भारत र तराईबाट पहाड र हिमाली बस्तीमा निर्माणलगायत उपभोग्य सामग्री ढुवानी गर्न यसले सहज हुनेछ ।
सन् २०२२ सम्ममा नेपाल र चीन जोड्ने अरू आठवटा मार्ग खुलाउने तयारी छ । क्रमिक रूपमा ताप्लेजुङ, संखुवासभा, रसुवागडी, जोमसोम, हिल्सा, दार्चुलाबाट चीनसँग सडकले जोडै जाने उद्देश्य लिइएको छ । लामा बगरबाट उत्तर दक्षिण जोड्ने सडकको अधिकांश ट्रयाक खुलिसकेको छ । यो नाका चाँडो खुलाउन सरकारले वर्षेनी बजेट विनियोजन गर्दै आएको छ तर बजेट पि|mज हुने समस्या पनि त्यतिकै छ । विकट भूगोलका कारण निर्माण गति सुस्त भएको डिभिजन सडक कार्यालय चरिकोट स्वीकार्छ । यस वर्ष पनि २ करोड विनियोजन भएकामा ८० लाख जतिमात्र खर्च भएको छ ।