प्रियंका कार्की नेपाली फिल्मकी व्यस्त अभिनेत्रीमा पर्छिन्। सन् २००५ मा मिस टिन भएपछि ग्ल्यामर क्षेत्रमा देखिएकी उनले म्युजिक भिडियो र एडमा पनि उत्तिकै काम गरेकी छिन्।
करिअर बन्दै गरेको समयमा उनी एक्कासि यो क्षेत्रबाट टाढिइन्। पढाइ र 'परिवार' दुइटैका कारण पर भएकी उनी पाँच वर्षपछि फेरि नेपाली ग्ल्यामर क्षेत्रमा भित्रिइन्। फिल्म अभिनय र निर्देशन पढेर र उनले पछि नाता गाँसेको 'परिवार'सँग सम्बन्ध टुंग्याएर नेपाली फिल्ममा फर्किएकी हुन्। पछिल्लो समय 'वार्डरोब मालफंक्सन'का कारण उनको चर्चा भइरहेको छ। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः
फिल्म क्षेत्र कस्तो लाग्दै छ?
मलाई असाध्यै मन पर्ने पेसा हो। रहरले आएको हो, प्यासनले आएको हो। त्यसैले रमाइरहेकी छु। यो क्षेत्र जेजस्तो हो, आफ्नै परिवार हो।
केही वर्षको अन्तरालमा यही क्षेत्रमा फर्किनुभयो। फरक चाहिँ के भोगिँदै छ?
म पाँच वर्ष बाहिर पढेर फर्किंदा नेपाली ग्ल्यामर क्षेत्रले प्रविधिमा सबैभन्दा ठूलो फड्को मारेको थियो। फिल्म निर्माण शैलीमा परिवर्तन आइरहेको थियो। पहिले एउटै खालका फिल्म बनिरहेका हुन्थे। म दोस्रोपल्ट आउँदा 'एक्सपेरिमेन्टल' फिल्म निर्माण गर्न थालिएको थियो। नयाँ आइडिया र सोच पनि नेपाली फिल्मका दर्शकले रुचाउन थालेका थिए।
तपाईंलाई नेपाली ग्ल्यामर क्षेत्रले दोस्रोपल्ट पनि सजिलै स्वागत गर्यो, है?
मैले पहिले ज्यादै राम्रो 'रिलेसन मेन्टेन' गरेर गएकी थिएँ। टीभीमा काम गर्थें, एड खेलेँ, म्युजिक भिडियो गरेँ। पहिला यी काम जोसँग गरेँ, धेरैजना अहिले फिल्म क्षेत्रमा छन्। यसले मलाई धेरै सहज बनायो। अर्काे, मेरो आफ्नै प्यासन हो। मभित्र एक्टिङको कीरा छ। त्यो कीरा देखाउने अवसर पाएकाले म सजिलै यो क्षेत्रमा सक्रिय हुन पाएँ जस्तो लाग्छ।
तपाईंले अभिनय गरेका धेरै फिल्म रिलिज भइसके। तीमध्ये एकदमै कम फिल्म मात्रै व्यावसायिक रूपमा सफल छन्। तर पनि व्यस्तता बढेको बढ्यै छ। नेपालमा फिल्मको सफलता वा असफलताले त्यसका कलाकारको करिअरमा असर नपार्ने रहेछ?
मैले पनि फिल गरेको कुरा हो यो। वर्षमा सयभन्दा बढी फिल्म रिलिज हुन्छन्। तीमध्ये चार/पाँचवटा फिल्म मात्रै सफल हुन्छन्। यसरी हेर्ने हो भने धेरैले काम नपाउनुपर्ने हो। यसकारण पनि यहाँ फिल्मको सफलता वा असफलताभन्दा पनि काम गर्ने शैली र अभिनय गर्ने क्षमताले कलाकारको करिअरमा असर पार्छ। अघिल्लो वर्ष म लक्की भएँ, मेरा दुइटै फिल्म हिट भए। कामको रेसियोमा ती हिट फिल्मले पनि तलमाथि पारिदिएनन्। यसकारण यहाँ फिल्मको सफलता/असफलताले कलाकारको करिअरमा त्यति ठूलो अर्थ राख्दैन। किनभने फिल्म चल्नु/नचल्नुमा कलाकारको मात्रै गुण–दोष पनि हुँदैन।
अरू पर्दा पछाडि हुन्छन्, तपाईंहरू देखिनुहुन्छ। दर्शकले त प्रियंकाको फिल्म चलेन भन्छन्/सोच्छन् नि!
फिल्म असफल हुँदा चित्त दुख्छ। अझ मिडियामा पनि 'प्रियंका कार्कीको फिल्म असफल' भनेर आउँदा नरमाइलो लाग्छ। यसैले त जहिल्यै आफ्नो तर्फबाट 'बेस्ट' दिने कोसिस गरिरहेकी हुन्छु।
पछिल्लो समय यो क्षेत्रमा तपाईं जति धेरै सक्रिय हुनुहुन्छ, त्यो केही वर्ष टाढिनुको माया हो वा पहिल्यैदेखि ग्ल्यामर क्षेत्रप्रति यत्तिकै भूत सवार थियो?
पहिल्यैदेखि होइन, सानैदेखि यो क्षेत्रप्रति मेरो असाध्यै रुचि थियो। मेरो सोबिजमा लगाव छ भन्ने उहिल्यै भेउ पाइसकेकी थिएँ। किनभने, सानोमा मलाई ऐनामा हेरेर कपाल उडाएर गीत गाउने, नाच्ने सोख थियो। सानोतिनो जमघट भएपछि 'म नाच्छु नि, सबैले हेर्नू है' भनिहाल्थेँ। यसकारण मैले करिअरको थालनी यही क्षेत्रबाट गरेँ। त्यहाँ पढ्दा मलाई यो क्षेत्रको अलि बढी नै याद आएको हो।
तपाईं यो क्षेत्रमा स्थापित हुने क्रममा हुनुहुन्थ्यो। बीचमा किन विदेशिनुभयो त?
टीभी, भिडियो र एडमा व्यस्त हुन थालेपछि मलाई लाग्यो यहाँ बसेर पढ्न सकिँदैन। यता सुटिङ, उता सुटिङ भन्दै त्यत्तिकै दिन बित्छ। त्यसैले केही वर्ष पढेर फेरि 'कन्टिन्यू' हुनुपर्ला भनेर विदेश गएकी हुँ। अहिले यो क्षेत्रका लागि पहिलाभन्दा बढी जोशजाँगर पनि छ। अब कसैले 'फिल्म खेल्न मन लाग्यो भनेर खेल्ने?' भनेर औँलो उठाउन सक्दैन। किनकि, मैले विदेशमा एक्टिङ र डिरेक्टिङ पढेरै आएकी हुँ। म भन्न सक्छु, 'मैले पढेकै फिल्म हो, त्यसैले फिल्म क्षेत्रमा छु।' प्यासन, रमाइलो र पढाइ सबै यही क्षेत्रको भएकाले मलाई अब यो क्षेत्रमा काम गर्न कुनै शक्तिले पनि रोक्न सक्दैन। यसकारण म बिन्दास भएर काम गरिरहेकी छु।
यो क्षेत्रमा गरिने काम, काम नभएर रमाइलो हुन्छ। धेरैका लागि आकर्षक करिअर हो। तर, यो फिल्डका, विशेषगरी नारीहरूले भोग्नुपर्ने, नानाभाँती 'अफर' र विवादले चाहिँ रोक्न खोज्दैनन्?
हामी 'पब्लिक फिगर' हौँ। हाम्रा सबै गतिविधि 'वाच' भइरहेका हुन्छन्। त्यसैले हामीबाट हुने प्रत्येक क्रियाकलाप समाचार हुन सक्छन्। तर, कहिलेकाहीँ खराब नियतबाट हुने 'कन्ट्रोभर्सी'ले चित्त दुखाउँछ। भएको कुरा जस्ताको त्यस्तै आउँदा कुनै आपत्ति हुँदैन। तर, चरित्रमाथि नै औँला उठ्ने गरी कहिलेकाहीँ कन्ट्रोभर्सी हुन्छ, त्यसले भने अलि अलि असर पार्छ। किनभने, हाम्रा दर्शकले मिडियामा आउने समाचारका माध्यमबाट हामीलाई मूल्यांकन गरिरहेका हुन्छन्। जे भएको हो, त्यही कुरा प्रस्तुत गरिदिँदा त्यति धेरै फरक पर्दैन। गल्ती त सबैबाट हुन्छ। त्यसमा जब कसैको धारणा पनि मिसिन्छ, त्यसले चाहिँ समस्यामा पार्छ।
केही दिनअघि मात्रै पनि तपाईंको 'वार्डरोव मालफंक्सन'को विवाद भयो। यसको दोष तपाईंले मिडियालाई दिनुभयो। दोष मिडियाको हो र?
म स्विकार्छु, वार्डरोब मालफंक्सन भएको हो। यो मेरो मात्रै भएको होइन, विश्वका ठूल–ठूला एक्टे्रसका भएका छन्। यो समाचार जस्ताको तस्तै आउँदा आपत्ति जनाउनुपर्ने कुनै कारण थिएन। मिडियाको काम सचेत गराउनु हो। मलाई पनि सचेत गरायो। तर, केही मिडियाकर्मीले मेरो प्रतिक्रिया नलिई आफ्नो धारणासमेत राखेर मेरो चरित्रमाथि नै प्रश्न उठ्ने तरिकाले त्यसलाई प्रस्तुत गर्नुभएको थियो, हेर्न लाज हुने गरी सार्वजनिक भएको थियो। कुनै अनलाइनहरूले यसरी प्रस्तुत गरेका थिए कि मानौँ त्यो मेरो नियत थियो। त्यो एक्सिडेन्ट थियो र त्यसलाई त्यहीअनुसार प्रस्तुत गर्नुपर्छ भन्ने मेरो सोच हो। सन्दर्भ बंग्याएर प्रस्तुत गर्नु मिडियाको इथिक्सभित्र पर्छ र? मैले भन्न खोजेको यति मात्रै थियो।
'नाम होस् वा बदनाम तर गुमनाम नहोस्' भन्ने कुरा 'शो बिज' को मन्त्र नै हो। आफूलाई एक्सपोज गर्न पनि हिरोइनले यस्ता कन्ट्रोभर्सी सिर्जना गर्ने गरेको पनि सुनिन्छ।
नेपाली चेलीबेटी त्यस्तो गर्छन् भन्ने मलाई लाग्दैन। जानेर कसैले कहिल्यै गर्दैन। नेपालमा त झन् हुँदैन। यसअघि करिश्मा दिदीको पनि त्यस्तै कन्ट्रोभर्सी भएको थियो। उहाँलाई यो तरिकाले एक्सपोज हुन जरुरी छ र? हामी छोरीचेलीलाई समाजको एउटा हेर्ने नजरिया हुन्छ, एउटा दायरा हुन्छ। त्यसलाई ख्याल गरेका हुन्छौँ, कहिलेकाहीँ एक्सिडेन्ट हुन्छ, तर नियत कहिल्यै हुँदैन। केही अनलाइनमा आएको हेडिङ याद छ, 'प्रियंकाले ... देखाइन्'। कसले सोध्यो मलाई, एक्सिडेन्टली देखिएको हो वा मैले जानी–जानी देखाएको हो भनेर। यो समाचार त्यो एक्सिडेन्टभन्दा अश्लील भएन र!
तपाईंको फिल्ड नै यस्तो छ, अलिकति ग्ल्यामरस पहिरन लगाउनुपर्छ। यस्ता पहिरन लगाएर सार्वजनिक कार्यक्रममा जाँदा एक्सपोज हुने कुरामा सचेत हुन त सकिन्थ्यो नि!
थाहा हुन्छ र सचेत पनि भएकै हुन्छौँ। १०/१५ मिनेटको प्रोग्राम हुँदा केही फरक पर्दैन। लामो भयो भने खुट्टाको आसन चेन्ज गर्नुपर्ने हुन्छ, त्यतिबेला तस्बिर खिचिराखिएको छ भने यस्तो हुन्छ। विशेषगरी स्टेज अग्लो भयो भने यस्तो समस्याको शिकार हुने जोखिम उच्च रहन्छ।
Priyanka Karki-3
फिल्म क्षेत्रमा मात्रै लागेर जीवन चल्ने परिस्थिति अझै आइनसकेको भनिन्छ। तपाईं चाहिँ फिल्म क्षेत्रमा कतिसम्म रहनुहुन्छ?
म त जीवनभर नै यही क्षेत्रमा हुन्छु । फिल्ममा मेरा भूमिकामा परिवर्तन आउलान्। किनभने, जीवनभरि हिरोइन भइराख्न मिल्दैन। भोलि डिरेक्सन, निर्माणमा पनि हात हालिएला। सबैले जानेको र पढेको गर्ने हो, मैले जानेको र पढेको दुइटै फिल्म हो।
पढाइको समयमा यो क्षेत्रबाट पर बस्दा के महसुस गर्नुभयो?
एकचोटि सेलिब्रिटी भएर फेरि आमजीवन जिउँदा एउटै कुरा सिकेँ, जतिसुकै ठूलो स्टार भए पनि घमण्ड गर्नु हुँदैन। 'म एक्ट्रेस हुँ, ठूली हुँ, अरू त्यो होइनन्, साना हुन्' भन्ने सोच राख्नु हुँदैन। किनकि, सबैको काममा उत्तिकै पावर हुन्छ। मुख्य कुरा आफूले आफूलाई कहिल्यै ठूलो ठान्नु हुँदैन। मैले जानेको र व्यवहारमा उतारिरहेको कुरा नै यही हो।
गफमा अलि बढी नै भुलिनुहुन्छ कि क्यो हो! तपाईंका साथीभाइ त्यस्तै भन्छन्।
सही हो, गफ गर्न थालेपछि टाइम गएको पत्तै हुँदैन। धेरैजना मिल्ने साथी छन्, उनीहरूसँग रमाइलो गफ गरेर भुल्छु। मलाई लाइफ भनेकै यही हो जस्तो लाग्छ। सानो–सानो रिलेसन बनाउने, रमाइलो गफ गर्ने आदि। यस कारणले मलाई केही परेको बेला धेरै जम्मा हुन्छन्। नाम, फेम र पैसा अस्थायी हुन्, दिगो भनेका त साथीभाइ नै हुन् नि।