सम्झिँदा पनि सर्र मुख भरी पानी भरीएर आउँछ अमिलो खाएको । शरिरमा आलस्यता पैदा हुँदा त्यसलाई हटाउन हामी अमिलो, पिरो तथा नूनिलो कुराको सहायता लिन्छौँ । कागती अमिलो साँधेर खानुको मज्जा बेग्लै हुन्छ । अमिलो बढी खाँदा दाँत कुंडिएर कहिलेकाहीँ सारो खानेकुरा चपाउन नसक्ने अवस्थामा पुगेका हुन्छौँ हामी । कागती अमिलोको उपलब्धता पर्याप्त र सहज छैन । त्यसलाई पुर्ति गर्न आजकल बजारका चोक चोकमा चटपट, पानीपुरी पाइने होटल, पसल तथा ठेला देख्न सकिन्छ ।
विशेष गरी महिलाहरुले यस्ता खानेकुरा बढि रुचाउने गरेका छन् । भने पुरुषहरुले पनि सेवन गर्ने गरेका छन् । यो व्यवसाय व्यवसायीहरुका लागी जिविकोपार्जनको एउटा गतिलो उपाय बनेको छ । विरेन्द्र क्याम्पस चोकमा ठेलामा चटपट तथा पानीपुरी बेच्दै आउनुभएकी पर्सा ठोरीकी लक्ष्मि पराजुलीले दैनिक ५ देखि ७ सय रुपैँया र मासिक २०÷२१ हजार रुपैँया आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
क्याम्पस चोकमै पानी पुरी र चटपट बेचेर भरतपुर नगरपालिका ५ लंकूकी विष्णु केसीले पनि मासिक रुपमा २० हजार रुपैँया आम्दानी गर्नुहुन्छ । बघौडा १ चितवनका केशब महतोले पनि भरतपुर १० पूर्णीमा चोकमा पानीपुरी र चटपट बेचेर दैनिक ५ सय रुपैँया आम्दानी गुर्न भएको छ । भारत मतिहारी जिल्लाका राजु कहार क्याम्पस रोडमा रहेको दीपु पानीपुरी पसलबाट पानी पुरी र चटपट बेचेर मासिक रुपमा कम्तीमा पनि २५ हजार रुपैयाँ कमाउने गरेको बताउनुहुन्छ ।
यो व्यवसाय व्यवसायीहरुका लागी जिविकोपार्जनको राम्रो माध्यम बनेको भए पनि स्वस्थ्यका दृष्टिकोणले भने यस्को सेवन त्यती स्वस्थ्यकर मानिदैन । व्यवसायीहरुले कागती अमिलोको चुक हाल्ने गरेको दावी गर्ने गरेको भए पनि टार्टरिक एसिड, साइट्कि एसिड तथा भिनेगार अमिलो वा चुकको रुपमा प्रयोग हुने गरेको जानकारहरु बताउँछन् ।
आफूले सेवन गर्ने हरेक चिज स्वास्थ्यका लागी हानीकारक नभएको निश्चित गरेर मात्र सेवन गर्न र बासी सडेगलेका खाना नखान भरतपुर अस्पतालका वरिष्ठ फिजीसियन डक्टर विजय पौडेलले उपभोक्ताहरुलाई सुझाव दिंनुहुन्छ । चटपट तथा पानी पुरी अस्वस्थ भए नभएको पुष्टी गर्न बैज्ञानिक परिक्षण आवश्यक रहेको उहाँको भनाई छ ।
बजारमा बेचिने बस्तुहरुको गुणस्तर तथा मूल्यको नियन्त्रणकारी निकायले यस्ता व्यवसायीहरुलाई पनि अनुगमनको दायरामा ल्याएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको भनाई छ । खासगरी विद्यालय क्षेत्रमा चटपट तथा पानीपुरी नबेच्न व्यवसायीहरुलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो । चटपट तथा पानीपुरीमा साइट्ीक एसिड प्रयोग गरिने गरेको आफूले पनि सुनेको भए पनि सो कुराको परिक्षण गर्न आफूहरुले अनुगमन गरिरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।
उपभोक्ता स्वास्थ्य माथी खेलवाड गर्नेहरुको पनि कमि छैन अचेल बजारमा । प्रत्येक उपभोक्ताले खानेकुरा खानु पूर्व सो चिज स्वास्थ्यका लागी हानीकारण नभएको निश्चित गर्नु पर्छ । नत्र भोक प्यास मेट्ने निहुँमा स्वास्थ्यमा यस्ले प्रतिकुल असर गर्न सक्छ । त्यसैले सकभर जानी जानी आफ्नै खुट्टामा बञ्चरो हान्ने काम नगरौँ । यदी कतै अखाद्य पदार्थ खाद्य पदार्थ हो भन्दै बेचिरहेको फेला पारेमा सम्बन्धित निकायमा सबैले उजुरी गरी गलत प्रवृतिलाई निरुत्साहित गर्नु मै हामी सबैको हित हुन्छ । कि कसो त ?