काठमाडौं : उपभोग्य वस्तुको मूल्यका आधारमा पोखरा मुलुककै महँगो सहर भएको छ। कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य महासंघ र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त रूपमा गरेको बजार अनुगमनबाट यो तथ्य बाहिर आएको हो। गत वैशाख महिनामा मुलुकका प्रमुख सहरमा बजार अनुगमन गरिएको थियो। खाद्यान्नको मूल्यको आधारमा राजधानीभन्दा पनि पोखरा महँगो सहर भएको पाइएको छ।
सामान्य उपभोक्ताले सबैभन्दा बढी प्रयोग गर्ने मोटा चामलको बजार मूल्य पोखरामा प्रति किलो ४५ रुपैयाँ छ। चामलको मूल्य सबैभन्दा सस्तो भैरहवामा छ। अध्ययनमा समेटिएका आठवटा प्रमुख खाद्य वस्तुमा पाँचवटा खाद्यवस्तुको मूल्य पोखरामा सबैभन्दा महँगो रहेको पाइएको छ। चामल, गहुँको पिठो,भटमासको तेल, कुखुराको मासु, तोरीको तेल, मास, मसुरो र आलुको मूल्यको आधारमा पोखरा सबैभन्दा महँगो सहरको रूपमा देखिएको हो।
राजधानी काठमाडौंको तुलनामा चामल, कुखुराको मासु, तोरीको तेल, मास, मसुरो पोखरामा महँगो रहेको छ। आलुको भाउ काठमाडौं र पोखरामा समान छ भने गहुँको पिठो र भटमासको तेल काठमाडौंभन्दा पोखरामा सस्तो छ।
अनुगमनमा खटिएका उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ ढुवानी भाँडा महँगो भएका कारण पोखरामा खाद्यान्नको मूल्य बढी भएको बताए। 'पोखरामा ढुवानीमा व्यवसायीको सिन्डिकेट छ', उनले भने, 'यसले ढुवानी भाडा महँगो भएको कारण खाद्यान्नको मूल्य बढी भएको हो।' धरान पनि खाद्यान्नको मूल्यको आधारले महँगो सहर भएको बानियाँले बताए।
गत वैशाख महिनामा मुलुकका प्रमुख शहरमा बजार अनुगमन गरिएको थियो। खाद्यान्नको मूल्यको आधारमा राजधानीभन्दा पोखरा महँगो पाइएको छ। कुखुराको मासुको मूल्य पोखरामा प्रतिकिलो चार सय रुपैयाँ छ। कुखुराको मूल्य धनगढीमा प्रतिकिलो दुई सय रुपैयाँ छ। मुख्य सहरमध्ये यो नै सबैभन्दा सस्तो मूल्य हो।
बेलायती सेनामा काम गरेका समुदाय बढी बस्ने भएको कारण पोखरामा व्यवसायीले बढी मूल्य राख्ने गरेको बानियाँले बताए। 'खाद्यान्न बाहेक औषधि र अन्य वस्तु पनि पोखरामा महँगो छ', उनले भने, 'सामान्य आम्दानी हुनेलाई पोखरामा जीवनयापन गर्न कठिन हुने देखिन्छ।'
यातायात असुविधाले हिमाली जिल्लामा पनि खाद्यान्नको मूल्य उच्च रहेको अध्ययनले देखाएको छ। सडक यातायात नपुगेको र हवाई माध्यमबाट खाद्यान्न ढुवानी गर्नुपरेका कारण हिमाली जिल्लामा मूल्य महँगो रहेको छ। अध्ययनअनुसार हुम्लामा प्रतिकिलो मोटा चामलको मूल्य एक सय ४० रुपैयाँ छ। गहुँको पिठोको मूल्य एक सय २० रुपैयाँ रहेको छ। अझै पनि हुम्ला र डोल्पामा सडक यातायात पुगेको छैन। अन्य जिल्लामा यातायात पुगे पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।
अध्ययनले आगामी महिनामा उपभोग्य वस्तुको उत्पादनमा कमी आउने भएकोले मूल्य बढ्ने अनुमान गरेको छ।
विशेष गरी वैशाखदेखि भदौसम्म खाद्यान्न उत्पादन कम हुन्छ। मनसुनी वर्षा ढिलो भएको कारण वर्षे बाली उत्पादनमा पर्ने प्रभावले खाद्य वस्तुको मूल्य बढ्ने सम्भावना हुन्छ। मनसुन ढिलो सुरु भएकोले खाद्या बालीको उत्पादनमा कम हुने अनुमानले पनि मूल्य बढाउन मद्दत गरेको मन्त्रालयले जनाएको छ।
अध्ययनबाट अघिल्लो वर्षको तुलनामा आलुको मूल्य सबैभन्दा बढी बढेको देखिन्छ। अध्ययन अनुसार चारदेखि सय प्रतिशतभन्दा बढीले आलुको भाउ बढेको छ। आलुको मूल्य नेपालगन्जमा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत र विराटनगरमा सय प्रतिशत बढेको छ।
कुखुराको मासुको मूल्य पोखरामा प्रतिकिलो चार सय रुपैयाँ छ। कुखुराको मूल्य धनगढीमा प्रतिकिलो दुई सय रुपैयाँ छ। मुख्य सहरमध्ये यो नै सबैभन्दा सस्तो मूल्य हो।
नेपाल राष्ट्रब्यांकका अनुसार चालू आर्थिक वर्ष २०७०/७१ को वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.७ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.७ प्रतिशत थियो। चालू आवको १० महिनामा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् १२.९ प्रतिशत छ। यसैगरी गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांकको वृद्धिदर सात प्रतिशत छ।
अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांकको वृद्धिदर ८.७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांकको वृद्धिदर ८.६ प्रतिशत थियो।