उमेरको हिसाब गर्दा उनी भर्खरै ३६ वर्ष पुगिन्। सर्लाही बासिन्दा हुन्, उनी। हमाल थरकी उनी १० वर्षदेखि सुन्धारास्थित केन्द्रीय कारागारमा छिन्। आकर्षक व्यक्तित्वकी उनको बोलीचालीको हेर्दा सभ्य तथा शिक्षित लाग्छिन्। सात महिनाको गर्भ रहेको समयमा लागूऔषध कारोबार अभियोगमा उनी पक्राउ परिन्। उनको छोरा कारागारमै जन्मियो। हाल उनको छोरा कारागारबाहिर कक्षा ६ मा अध्ययनरत छन्।
सर्लाहीमा बुटिक व्यवसाय गरेर बसेकी हमालको पसलमा एक दिन एक अपरिचित व्यक्तिले लागूऔषध ल्याएर आफूलाई फसाइएको उनको भनाइ छ। उनी कैदीहरूको आन्तरिक प्रशासनकी प्रमुख हुन्। उनले कारागारबाटै भर्खरै राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्। उनको जिम्मेवारी महत्त्वपूर्ण र अप्ठ्यारो पनि रहेको उनको अनुभव छ। बिहान ४ बजे उठ्ने, कारागारका सबै महिलाको समस्या सुन्न र समाधानका लागि सिफारिस गर्ने, आधा रातमै बिरामी भए पनि अस्पताल पु:याउने र औषधि उपचारदेखि कैदीबीच हुने मनमुटावसमेत उनले नै सुल्झाउने गरेकी छिन्। हाल त्यहाँ रहेका तीन सय ४२ जना महिला कैदीको उनी अभिभावक झैं बनेकी छन्।
कारागारमा मानसिक बिरामीको संख्या धेरै छ र उनीहरूको हेरविचार गर्न कठिनाइ हुन्छ। तर ती सबैको राम्ररी हेरविचार गर्दै उनले प्यारालाइसिसले थला परेकी पश्चिम नेपालकी एक वृद्ध आमालाई खुवाउने, सरसफाइ गरिदिने, शौचालय लैजानेदेखि सम्पूर्ण रेखदेख उनले नै गर्छिन्। उनी सरकारले यस्ता कैदीहरूको कारागार बसाइ मिनाहा गर्नुपर्ने बताउँछिन्। जेलरको अनुपस्थितिमा कारागारभित्रको सम्पूर्ण जिम्मेवारी सम्हालेर भोलिपल्ट बिहान १० बजेपछि ती गतिविधिका विवरण उनले जेलरलाई बुझाउनुपर्ने हुन्छ।
तीन महिनापछि उनको सजाय सकिँदैछ। सजाय सकिँदै गरेकोमा उनी निकै उत्साही देखिन्छिन्। यहाँबाट निस्किएपछि समाजले नराम्रो दृष्टिकोणले हेर्छ भन्ने उनलाई थाहा छ। तर पनि यसमा कुनै अपसोच छैन। किनकि उनको परिवारको उनीप्रति पूर्ण समर्थन भएकाले अब जुनसुकै काम गरेर पनि आत्मनिर्भर हुन सक्छु भन्नेमा उनलाई विश्वास छ।
बोल्दा लजाए झै गर्ने र हेर्दा सुन्दर देखिने धादिङकी २८ वर्षीया तामाङ थरकी युवतीको पनि यस्तै कथा छ। उनी कारागारमा बहिदार अर्थात् लेखनदासको काम गर्छिन्। आठ वर्षदेखि कारागारमा रहेकी तामाङले भर्खरै ११ कक्षाको जाँच दिएकी छिन्। साथीहरूको लहैलहैमा लागेर लागूपदार्थ व्यवसाय गर्दा समातिएकी उनी आफूलाई फसाइएको दाबी गर्छिन्। उनी सरकारले यस्ता घटनामा राम्रो छानबिन नगरी आफूलाई सजाय सुनाएको गुनासो गर्दै यस्ता घटनामा सरकारले युवायुवतीलाई सुध्रिने मौका दिनुपर्ने बताउँछिन्।
आफ्नो कलकलाउँदो जवानी कारागारमै बिताउनुपर्दा २७ वर्षीया क्षत्री थरकी युवती पनि निकै दु:खी छिन्। बालुवाटार निवासी क्षत्रीले स्नातक तहमा पढ्दै गर्दा साथीहरूको लहैलहैमा लागेर खैरो हेरोइन प्रयोग गर्न थालिन्। पछि उनलाई त्यसको लत बस्यो। प्रहरीले उनलाई ४३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। उनलाई लागूऔषध ओसारपसारको मुद्दा लगाएर पाँच वर्षको सजाय सुनाइयो।
केन्द्रीय कारागारमा प्रधानाध्यापकको रूपमा कार्यरत क्षत्री सुरु का दिनमा आफू निकै हतोत्साही र चिन्तित बनेको स्मरण गर्छिन्। तर उनले बिस्तारै कारागारभित्र रहुन्जेल के के योगदान गर्न सकिन्छ भनेर मनन् गरिन्। आज उनले हात समाएर कखरा सिकाएका महिला चार कक्षामा पढ्दैछन्। उनीहरूले प्रगति गरेको देख्दा उनलाई आनन्द आउँछ।
जवानीनै कारागारमा बिताउनुपर्दा २७ वर्षीया क्षेत्री थरकी युवती दु:खी छिन्। बालुवाटार निवासी उनले स्नातक तहमा पढ्दै गर्दा साथीको लहैलहैमा खैरो हेरोइन प्रयोग गर्न थालिन्। पछि त्यसको लत बस्यो। प्रहरीले उनलाई ४३ ग्राम खैरो हेरोइनसहित पक्राउ गर्यो। उनलाई पाँचको वर्षको सजाय सुनाइयो।
उनी बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म अध्यापन गराउँछिन्। कारागारमा प्रावि, निमावि र मावि तहमा अध्यापन गराइन्छ। त्यहाँ एकजना शिक्षकको दरबन्दी रहेको छ। सरकारबाट तलबस्वरूप प्राप्त हुने मासिक १६ हजार एक सय रुपैयाँ सबै शिक्षकहरूबीच बाँड्ने चलन छ। त्यसबाहेक कैदीहरूले मासिक ४५ रु पैया अर्थात् कारागारमा काम गरेबापत दैनिक एक रु पैयाँ पचास पैसा कमाउँछन्। यो २०१९ सालमा बनाइएको नियम हो। कारागारमा कैदीले खानाको लागि भने दैनिक ४५ रु पैया पाउँछन्।
जिन्दगीको महत्त्वपूर्ण समय कारागारमा बिताउनु परे पनि क्षत्रीले यसलाई सुधार केन्द्रमा बिताएको समयको रूपमा हेरेकी छन्। उमेर पुगिसकेकाले आफ्नो विवाहबारे पनि उनलाई चिन्ता लाग्छ। लागूऔषधको प्रयोगकर्तालाई मात्रै समातेर यसको व्यापार नियन्त्रण नहुने बताउँछिन्।
यस्ता क्रियाकलापमा लाग्ने महिला प्राय: फसाइएका हुने कारागारका उपसचिव जेलर शम्भु रेग्मी बताउँछन्। उनका अनुसार गरिबी र चेतनाको अभावले यस्ता काममा लाग्नेको संख्या धेरै छ।
सय नदेखेको मान्छेलाई लाखको अफर आएपछि नाइँ नभन्ने गरेको घटनाको एउटा प्रसंग क्षेत्री भन्छिन्, 'भर्खरकी एक महिलाको श्रीमानको उपचारको लागि पैसाको अभाव भयो। उनी पैसाको खोजीमा रहेको बेलामा लागूऔषध गिरोहले एउटा झोला बुटवलबाट हेटौंडासम्म पुर्याएबापत उनलाई ११ हजार दिने लोभ देखायो। यही लोभमा फसेर उनी समातिइन्।'
कारागारमा आपराधिक क्रियाकलापमा लाग्ने, अशान्ति मच्चाउने कुरामा महिलाको भूमिका कमै हुने भए तापनि उनीहरू अर्काको कुरा बढी काट्ने जेलर रेग्मी बताउँछन्। उनी हमाल, क्षत्री र तामाङ लाई कारागारका नेताको संज्ञा दिन्छन्। यिनै नेताहरूका कारण आफूलाई काम गर्न सजिलो भएको उनको अनुभव छ।
कानुनमा उमेरले ७० नाघेका, शारीरिक अंगभंग भएका, प्यारालाइसिस भएका, आँखा नदेख्ने, दीर्घरोगी आदिलाई ७५ प्रतिशत कारागारबास सजाय छोट्ट्याउने भनिए पनि त्यो व्यवहारमा लागू नभएको रेग्मी स्वीकार्छन्। उनका अनुसार महिला कैदी मुख्यगरी चाँडै कमाउने र धनी बन्ने लोभमा लागूऔषध व्यापारमा लागेकाले कारागारसम्म पुगेका छन्। यस्ता क्रियाकलापमा २० देखि ४० वर्षसम्मका महिलाको सक्रियता बढी रहेको उनको भनाइ छ। त्यसैगरी भ्रूण हत्या गरेका, कर्तव्य ज्यान मुद्दा लागेका, जीउ मास्ने महिलाको संख्या पनि कारागारमा बढी नै छ। कैदीको दिनचर्या सहज बनाई आर्थिक उपार्जनका लागि विभिन्न प्रकारका सीप तथा आयमूलक कामजस्तै मुढा बुन्ने, पोते उन्ने, तान बुन्ने, मैनबत्ती बनाउने, ढाका टोपी बुन्ने, अचार बनाउने आदि सिकाइन्छ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाका अनुसार हाल नेपालभरका कारागारमा १५ हजार ६ सय १२ पुरुष र एक हजार एक सय ८७ महिला बन्दीहरू रहेका छन्। यसबाहेक ७० जना बालबालिका र आठ सय ९६ जना विदेशी कैदीबन्दी रहेका छन्। नेपालको ७२ वटा जिल्लामा ७४ वटा कारागारको संख्या रहेको छ। धनुषा, बारा र भक्तपुरमा बाहेक अन्य सबै जिल्लामा कारागार छन्।