फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेखेको आरोपमा १९ दिनदेखि सप्तरी प्रहरीको हिरासतमा रहेका युवा व्यापारीलाई प्रहरीले काठमाडौं पुर्याएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा प्रहरी विरुद्ध प्रतिक्रिया लेखेका सप्तरी पोर्ताहाका व्यापारी मोहम्मद अब्दुल रहमानलाई विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दामा कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गर्न ५ असार बिहान काठमाडौं पुर्याइएको प्रहरीले जनाएको छ ।
पत्रकार जितेन्द्रकुमार झाद्वारा नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत १७ जेठमा रहमानले “के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’ छ । त्यो पनि ५० हजार” भन्ने प्रतिक्रिया लेखेका थिए ।
प्रहरीले प्रतिक्रिया लेख्ने रहमानलाई राजविराज–३ बाट १८ जेठ दिउँसो १ बजे पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयले रहमानविरुद्ध १९ जेठमा विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा २ असारमा पेस गरेको थियो ।
रहमानले आफ्ना एक छिमेकीले चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको पीडा सुनाएको आधारमा आफूले त्यस्तो प्रतिक्रिया लेखे पनि कसैको नाम, पेसा अङ्कित नगरेकाले सामान्य ढङ्गले लिन आग्रह गर्दै आएका छन् ।
उनलाई ४ असार राति ७ः१५ बजे न्यू पूजा डिलक्स बसमा चढाई काठमाडौँ पठाइएको उनका बुबा इसराइल मियाँले जानकारी दिए ।
विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौं जिल्ला अदालतको भएको भन्दै सप्तरी जिल्ला अदालतले गरेको आदेशअनुरुप उनलाई काठमाडौं पठाइएको प्रहरी निरीक्षक किरण गुरुङले जानकारी दिए ।
यता रहमानलाई गैरकानुनी तरिकाबाट प्रहरीले १८ दिनदेखि हिरासतमा राखेको भन्दै उनका बुबा इसराइलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा ४ असारमा पुनरावेदन अदालतले बन्दी प्रत्यक्षीकरण रिट आदेश गरेको छ ।
पुनरावेदन अदालतका न्यायाधीश राजेश्वर तिवारीले सूचना पाएको मितिले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयका नाममा सूचना जारी गरेको हो ।
अधिवक्ता समिम अख्तर अलीले बन्दीलाई उपस्थित गराउने अदालतको आदेश जिल्ला प्रहरी कार्यालयले दिउँसो बुझेर पनि रहमानलाई राति काठमाडौं पठाइनु शक्तिको दुरुपयोग गर्दै अदालतको अपहेलना भएको बताएका छन् ।
फेसबुकमा कमेन्ट गरेकै भरमा बूढेसकालको सहारा एक्लो छोरा पनि जेल पर्ने हो कि भन्ने चिन्तामा बुबा इसराइल छन् । रहमान पक्राउ परेदेखि नै उनका परिवारका सबै चिन्तामा छन् । “छोरा पक्राउ परेको खबरसँगै १९ दिनदेखि घरमा रुवावासी चलेको छ”, इसराइलले भने ।