- विश्व बैंकको सहयोगमा ६ मिटरबाट बढाएर साढे ८ मिटर फराकिलो बनाइने
काठमाडौं, जेष्ठ २४ - सरकारले विश्व बैंकको सहयो

सिटौलाले सडक विस्तार कार्य आगामी भदौ-असोजबाट सुरु हुने जानकारी दिए । उक्त सडक विस्तारका लागि ठेकेदार छनौट कार्य अन्तिम चरणमा पुगेको छ । ठेकेदार छानिएपछि निर्माण कार्य सुरु हुनेछ । काठमाडौंदेखि मुग्लिनसम्मको सडक साढे आठ मिटर चौडा छ, तर मुग्लिनदेखि नारायणगढसम्मको खण्डमात्र ६ मिटरको छ, यो खण्डको मात्र लामो समयदेखि विस्तार कार्य हुन सकेको थिएन ।
बीचको खण्डमात्र साँघुरो भएकाले राजधानी आउजाउ गर्ने हजारौं गाडीले मुग्लिन-नारायणगढ खण्डमा बढी जामको समस्या झेल्नुपरिरहेको छ । उक्त सडक विस्तार गर्न ३ अर्ब १० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त सडक विस्तार कार्य साढे दुई वर्षदेखि ढिलोमा तीन वर्षमा सम्पन्न गर्ने योजना भौतिक पूर्वाधार मन्त्रालयको छ ।
विश्व बैंकले उक्त सडक विस्तार गर्न ३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण प्रदान गरेको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने जानकारी सिटौलाले दिए । नेपाल सरकारको पैसा सडक विस्तार गर्दा हटाउनुपर्ने घरटहरा र अधिग्रहण गर्नुपर्ने जग्गाका लागि मुआब्जा दिन खर्च गरिनेछ । मुआब्जाका लागि १० करोड रुपैयाँ जति खर्च हुने अनुमान छ ।