२४ जेठ, काठमाडौं । कामदारले आफ्नै मालिकका छोरा अपहरण गरी एक करोड फिरौती मागेका छन् । भक्तपुरका कवाडी सामानको व्यवसाय गर्दै आएका राकेश चौधरीका साढे दुई वर्षका छोरा बिट्टुको उनका कामदार राजु यादबबाटै अपहरण भएको हो । अपहरण भएको १० दिन बितिसक्दा पनि प्रहरीले बालकलाई मुक्त गर्न सकेको छैन् ।
अपहरणकारीले फरक-फरक नम्बरबाट फोन गरी फिरौती माग्न थालेको नयाँ पत्रिकामा खबर छ । यादवले करिब एक महिनाअघि मात्र चौधरीको न्यु मुस्कान कवाडी पसलमा काम गर्न थालेका थिए । काम गर्नेभन्दा पनि अपहरण गर्ने उद्देश्यले उनले त्यहाँ काम गर्न थालेको खुलेको छ । बाराको कलैया घर बताउने यादवको वास्तविक नाम र ठेगानासमेत खुल्न सकेको छैन् ।
उनी आपराधिक गिरोहका सदस्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । १४ जेठ दिउँसो करिब चार बजे राजेशका छोरा बिट्टुकुमारको अपहरण भएको हो । सुरुमा हराएको भन्दै पीडितले उजुरी दिएका थिए । पछि यादवसमेत हराएपछि कामदारले नै बच्चा लगेको भन्दै उजुरी दिइएकोमा पछि फिरौती माग्न थालिएपछि अपहरण भएको पुष्टि भएको हो । बालक हराएको तीन घन्टापछि परिवारले प्रहरीलाई खबर गरेको थियो । अपहरणकारीहरु पेसेवर समूह भएको अनुसन्धानमा आवद्ध प्रहरी अधिकारीहरुले बताएका छन् ।