Headlines News :
fb
Home » , » हेटौंडा नगरपालिका सवैभन्दा सफा सहर

हेटौंडा नगरपालिका सवैभन्दा सफा सहर


  • धरान दोस्रो तथा भक्तपुर तेस्रो सफा सहर

यस पटकको सफा सहर मकवानपुरको हेटौंडा नगरपालिका घोषणा भएको छ। नेपाल वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले बुधबार ललितपुरको यूएन पार्कमा आयोजना गरेको 'सफा सहर घोषणा, राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण' कार्यक्रममा सो सम्मान पाएको हो।
नगरपालिकाले प्रथम पुरस्कार नगद ५ लाखसहित कदरपत्र पाएको हो। गत वर्ष पोखरा उपमहानगरपालिका प्रथम भएको थियो। उत्कृष्ट सफा सहर छनोटको आधार  विभिन्न सूचक बनाइएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा.सुमित्रा अमात्यले बताइन्। मूल्याङ्कन कमिटीले फोहरमैला व्यवस्थापनमा ४० प्रतिशत, खानेपानी तथा ढल व्यवस्थापनमा ३५ प्रतिशत, प्रदुषण नियन्त्रणमा ५ प्रतिशत, हरियाली प्रवर्द्धनमा १० प्रतिशत र सौन्दर्य वृद्धिमा १० प्रतिशतको आधार मानेको थियो।
त्यसैगरी उत्कृष्ट दोस्रो सहर सुनसरीको धरान नगरपालिका भएको छ। भने भक्तपुर नगरपालिकाले  तेस्रो स्थान हात पार्न सफल भएको छ। दोस्रो र तेस्रो स्थान हात पार्न सफल सहरले क्रमशः३ लाख  र २ लाख नगद सहित कदरपत्र र सम्मान पाएका हुन्।
गत वर्ष प्रथम स्थानमा भएको पोखरा उपमहानगरपालिका यस पटक दशौं स्थानमा झरेको छ। केन्द्रले गत वर्षबाट वातावरण संरक्षणमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्ने परिपाटीको शुरुवात गरेको हो।
केन्द्रले बुधबार मेरो नेपाल, सफा नेपाल अभियानलाई सफल पार्न प्रतिवद्धता हस्ताक्षर कार्यक्रम समेत सम्पन्न गर्‍यो। वातावरण सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला समूहहरु, विभिन्न स्कूलका विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलद्वार पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै मुख्य सचिव पौडेलले भने, 'वातावरण सफा राखे मात्र हामी सभ्य नागरिकको परिचय विश्वमा हुनेछ। हामीले वातावरण मैत्री व्यवहार गरेनौ भने हाम्रो दोस्रो पुस्ताले हामीलाई सराप्ने छन्। हामीलाई हाम्रो वुवा आमाले कति सुन्दर नदी नाला हस्तान्तरण गर्नुभएको थियो  हमीले हाम्रा सन्ततीलाई पनि त्यति नै सुन्दर हस्तान्तरण गरेर जानुपर्छ होइन भने हामीले गरेको विकासको आँकडा नापेर कुनै अर्थ छैन। यो दायित्व नेपाल सरकारको हो, यसमा म प्रतिवद्ध छु , सबै नागरिकले सहयोग गर्नुपर्यो।'
त्यसैगरी कार्यक्रममा सहरी विकास सचिव किशोर थापाले भने, 'एक वर्ष पहिले शुरु भएको वाग्मती सफाई अभियान बढ्दै आज हाम्रो घर आँगन, मन्दिर, चौकसम्म हजारौ हातहरु पुगीसकेका छन। यो महाअभियानमा घरको एक जना एक पटक मात्र सहभागी भएमात्र बाग्मती सफा बन्छ।'
फोहरमैला व्यवस्थापन प्राविधिक सहयो केन्द्रकी डा. सुमित्रा अमात्यले भनिन्, 'दिगो विकास भनेकै वातावरणलाई जोगाइराख्नु हो, सफा नेपाल अभियानलाई साकार पारी छाड्ने छौं' सम्पूर्ण सरोकारबालाहरुलाई केन्द्रले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान समेत गरेको छ। सकेसम्म फालिएको फोहर सफा गर्न सार्वजनिक स्थानमा सँगै हातेमालो गरौं नसके सार्वजनिक स्थानमा फोहर नगरौं भन्दै केन्द्रले जनचेतना सम्बन्धि विभिन्न गतिविध गर्दै आएको छ। गत वर्षदेखि नै सफा गाउँ सफा सहर सबै नेपालीको एउटै रहर भन्ने  नारा तय गरी यसलाई सार्थक पार्न सफा सहर घोषणा कार्यक्रमको शुरुवात गरेको हो।
अमात्यले अगाडि भनिन्, 'नेपालको सन्दर्भमा प्रत्येक परिवारले दैनिक सरदर २०० ग्राम फोहर उत्पादन गर्दछ। यो तथ्यले मुलुकभरी सरदर दैनिक ५,३२० मेट्रिक टन फोहर उत्पादन हुने देखाउँछ। यसलाई सबैले घरबाटै कम उत्पादन गर्ने बानीको विकास नगर्ने हो भने हाम्रो प्राकृतिक सम्पदा नै नष्ट भई  वातारणमा विकराल समस्या देखा पर्ने देखिनछ। जसले हाम्रो सन्ततीको भविश्य नै खतरामा पार्नेछ।”
मुलुकभरी १३० वटा नगरपालिक र  ३,६३३ गा.वि.स. रहेका छन। फोहरमैला व्यवस्थापन ऐन २०६८, ले फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रलाई फोहरमैला व्यवस्थापनमा यी स्थानीय निकायहरुलाई प्राविधिक सहयोग गर्ने, अध्ययन अनुसन्धान तथा प्रविधिको विकास र विस्तार गर्ने, जनचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्ने, फोहरमैला व्यवस्थापन कार्यको अनुगमन तथा मुल्यांकन गर्ने महत्वपुर्ण जिम्मेवारी प्रदान गरेको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar