२१ जेठ, काठमाडौं
मन्त्रीपरिषद्बाट अनुमोदन भए अनुसार प्रधानमन्त्री सुशील कोइरालाले भोलिबाट गर्ने चीन भ्रमणमा ३० जना समावेश हुने भएका छन् । चीनको कुन्मिङ प्रान्तमा हुने दोस्रो चाइना साउथ एसिया एक्स्पोमा सहभागी हुन जान लागेका कोइरालाले सरकारी प्रतिनिधि तथा सल्लाहकार, सञ्चारकर्मी र सुरक्षाकर्मी तथा केही सभासद् समेत लैजाने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको टीममा परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, स्वकीय सचिव बसन्त गौतम तथा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश देउजा, प्रहरी निरीक्षक महेन्द्र मरासिनी छन् ।
त्यस्तै, वाणिज्यमन्त्री सुनिल थापा, परराष्ट्र सचिव शंकर वैरागी र नेपाल टेलिभिजनका दुई पत्रकार, राइजिङ नेपालबाट एक जना तथा व्यापारी–व्यवसायी पनि रहेका छन् । टीमका सबै सदस्यको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । कोइरालाका लागि चीनले विशेष विमान नै पठाउनेछ । कोइराला शुक्रवार राति स्वदेश फर्किने कार्यक्रम छ ।