तनहुँ (मनपाङ), असार ९ - रोजगारका लागि औपचारिक शिक्षा नै चाहिन्छ भन्ने छैन । काम गर्ने सीप र जाँगर भए पुग्छ भन्ने उदाहरण बनेका छन्- ३१ वर्षीय झविराम सारुमगर । गुलेली हान्न सिपालु भएकैले उनले जागिर पाएका छन् । मनपाङ २ स्थित माछापोखरीमा आउने चरा धपाउन नवलपरासीदेखि उनलाई खोजेर ल्याइएको हो ।
६ कक्षामात्र पढेका उनले गुलेली चलाएरै मासिक १० हजार पाउँछन् । उनको काम बिहान उठेदेखि साँझसम्म नै गुलेली हान्नु हो । 'गुलेली हानेरै दिनमा १ सय २० वटाभन्दा धेरै मट्याङ्ग्रा सकिन्छ,' उनले कान्तिपुरसँग भने ।
छाङस्थित छंगेलीपहल कृषि सहकारी संस्थाले २५ रोपनी खेतमा माछापालन गरेको छ । ४५ लाखको लगानीमा पालिएका माछा चराले खाएर जोगाउन मुस्किल भएपछि गुलेलीको उपाय लगाएको कृषि सहकारीका अध्यक्ष विष्णुकुमार मल्लले बताए । 'अरू केही गर्दा पनि धपाउन सकिएन । गुलेली हान्न थालेपछि माछा जोगिए,' उनले भने ।
'घुमन्ते चराले पोखरीका भुरा खान खुबै जोड गर्छन्,' खल्तीभरि मट्याङ्ग्रा लिएका सारुमगरले भने, 'घाम लाग्नासाथ मध्याह्न र साँझपख बढी चरा आउँछन् । चराले उड्दाउड्दै टिप्छन् । कतै जानै पाइन्न ।' खोले हाँस, हुटिट्याउँ र माटोकुरी जातका चरा माछा खान अत्यधिक आउने गरेको उनले बताए ।
विदेश गएका साथीले मुस्किलले मासिक १०/१२ हजार कमाए पनि आफूले यहीं कमाउँदा सन्तोष भएको उनी बताउँछन् । चार महिनादेखि उनी यो काममा छन् । श्रीमती विष्णुमाया, छोरीहरू ११ वर्षीय मीना र ५ वर्षीय बास्ना तथा छोरा डेविड पनि उनीसँगै छन् । छोरीलाई यहीं पढाएका छन् । श्रीमतीले उनलाई माछापालनको अन्य काममा सघाएका छन् । अध्यक्ष मल्लका अनुसार पोखरीमा २७ हजार भुरा छाडिएको छ । ती माछा कमनकार्प, ग्रासकार्प, रहु र नैनी जातका छन् ।